• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोरोना बिशेष अस्पतालमा संक्रमित बृद्धको सेवा गर्दै संक्रमित युवा





दाङका एक युवाले कोरोना बिशेष अस्पताल बेलझुण्डीमा संक्रमित बृद्धको सेवा गरिरहेका छन् । बंगलाचुली गाउँपालिकाका शिबु भट्टराइले सोही पालिकाका ७० बर्षीय बृद्धको सेवा गरिरहनुभएको छ ।

‘बाँच्ने रहर कस्लाई पो हुँदैन र तर जसको घर, परिवार, र धन सम्पत्ति नै छैन उसैलाई कोरोना संक्रमित देखिएको छ’– भट्टराइले भन्नुभयो– ‘ उहाँ ७० बर्ष पुग्नुभयो, छ बर्षदेखि पहिलेदेखि नै दम रोग को बिरामी हुनुहुँदो रहेछ, त्यसमा पनि कोरोना को रिपोर्ट पोजेटिभ आएपछि अहिले अस्पतालमा हुनुहुन्छ ।’ बृद्धावस्थामा कोरोना संक्रमण देखिएको र अस्पतालमा सेवाको आवश्यकता पर्ने भएकाले आफूले निरन्तर सेवा गरिरहेको भट्टराइले जानकारी दिनुभयो ।

बृद्ध विरामीको आफन्तको नाममा मेरो एक जना हुनुहुन्छ, उहाँको सहारा जीवन जिउने गरेका बृद्धको आधा भन्दा धेरै जिन्दगी भारतमा चिया पसल र अन्य मजदूरी गरेर बित्यो । ‘कोरोनाबाट बाँच्नका लागि भनेर नेपाल आउँदा उल्टै कोरोनाले भेटायो र ऊहाँले अस्पतालको बेडमा रहेर सबै कुरा मसँग पोखेपछि म धेरै भावुक बनेर उहाँको सेवा गरिरहेको छु ।’


खास्सै कान नसुन्ने, दम रोगको बिरामी भएकाले रातभर खोक्ने गरेको जानकारी दिंदै भट्टराइले निरन्तर चिकित्सकको सल्लाहमा जाँच र औषधि खुवाइरहेको बताउनुभयो । बंललाचुली १ स्यूजाका यी बृद्धमा गत हप्ता कोरोना देखिएको थियो ।

उहाँसँग म र अन्य एक जना गरी तीना जनामा संक्रमण देखिएसँगै कोरोना बिशेष अस्पताल बेलझुण्डीमा भाइरसविरुद्ध लडिरहेको र संक्रमणमुक्त हुने आशामा आफूहरु रहेको भट्टराइले विश्वास व्यक्त गर्नुभयो ।


(नोटः गोपनीयता कायम राख्न प्रायः कोरोना संक्रमितको पहिचान खुलाउने गरिदैन तर आफ्नो पहिचान दिन चाहनेका लागि उनीहरुकै स्वीकृतिमा पहिचान खुलाउने गरिएको छ । यहाँ समाचार स्रोत शिवु भट्टराइ तथा संक्रमित बृद्धको स्वीकृतिमा दुबैजनाको तस्विर र भट्टराइको नाम उल्लेख गरिएको हो– सम्पादक ।)

Facebook Comments