• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुधार जारी छ, आशावादी बनौं




भारतवाट नेपाल प्रवेशका मुख्य नाकाहरु धेरै भएको र अन्य प्रदेशवाट आउनेको समेत सुरुका दिनमा व्यवस्थापन गर्नु परेको तथा पछिल्ला दिनमा प्रदेशमा क्वारेन्टाइनमा वस्नेको संख्या समेत अत्यधिक हुनपुग्दा व्यवस्थापनमा केही समस्या भएको र त्यसवाट संक्रमितको संख्या पनि केही वढेको अवस्था रह्यो । तर यसवाट समुदाय संक्रमित हुनवाट निकैहदसम्म जोगिएको छ र जोगाइएको छ ।


भारतवाट आउनेहरुमा संक्रमितको संख्या एकैचोटी वढेका कारणले सुरुमा विरामीलाई अस्पतालमा राख्न केही कठिनाइ देखिएको हो । तर पछि आइसोलेसन सेन्टरको अवधारणावाट समस्या समाधान गरिएको छ ।

अवदेखि पोजेटिभ तर लक्षण नदेखिएकाहरुलाई आइसोलेसन सेन्टरमा राख्न थालिएको छ। 


अवदेखि पोजेटिभ तर लक्षण नदेखिएकाहरुलाई आइसोलेसन सेन्टरमा राख्न थालिएको छ। यसवाट लक्षण देखिएका पोजेटिभ विरामीका लागि उपचारमा सहजता कायम भएको छ।
यतिवेला संक्रमित थपिने र निकोहुने दर पनि क्रमशः वढ्दै गएको छ । भारतवाट आउनेहरु प्राय युवाभएका कारणले निकोहुने दर अव क्रमशः वढेर जानेछ । त्यसवाट नयाँ केशका लागि आइसोलेसन सेन्टर र अस्पतालमा ठाउ खालि हुदै जानेछ ।

दुई हप्तापछि परिक्षण विनानै पठाउने नीतिलाई प्रदेशका हकमा रोक्न भनिएको छ । 


भारतवाट आउनेको दर क्रमशः घटदो अवस्थामा छ र क्वारेन्टाइनमा वस्नेको अवधि पुराभइ खालि भइरहेको छ । यसवाट आगामी दिनमा क्वारेन्टाइनको अवस्थामा पनि उल्लेख्य सुधार हुनेछ । समुदायमा संक्रमण नहोस् भनेर गरिएका प्रयासहरु अहिलेसम्म सफल नै देखिएका छन् ।

अहिलेसम्म देखिएका संक्रमितमा ९२प्रतिसत जति भारतवाट आउनेहरुनै छन् । एउटा उल्लेख्य हिस्सा व्यवस्थापन कार्यमा संलग्नहरुको छ । थोरैमात्र समुदाय स्तरमा पुगेको अवस्था छ । त्यो पनि कन्ट्रयाक ट्रेसिङको प्रकृयावाट पहिचान गरी अलग गर्ने गरिएको छ । हाम्रो प्रदेशमा साउन महिनावाट संक्रमणको वढ्दो दर नियन्त्रणमा आउने आकलन गरिएको छ ।


क्वारेन्टाइनमा वस्नेको दुईहप्ता पछि आरडीटी परिक्षण गर्ने व्यवस्था मिलाइएको छ । त्यसवाट पोजेटिभ देखिनेको पुनः पिसआर परिक्षण गरी सकृय केश पहिचान गर्ने विधि अवलम्वन गरिएको छ । रोगको लक्षण देखिएको र संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाको हकमा पिसिआर परिक्षणको व्यवस्था मिलाइएको छ।


दुई हप्तापछि परिक्षण विनानै पठाउने नीतिलाई प्रदेशका हकमा रोक्न भनिएको छ । अव देखि १४ क्वारेन्टिनमा वसेपछि आरडिटीको परिक्षण गरिनेछ । आरडिटीमा पोजेटिभ देखिएका,रोगको लक्षण देखिएका कन्ट्रयाक ट्रेसिङका साथै आइसोलेसनमा वसेका पोजेटिभ केशको हकमा पुनः परिक्षण गरिनेछ । नेगेटिभ देखिएको अवस्थामा मात्र विदा गर्ने व्यवस्था मिलाईएको छ ।

राप्तीस्वास्थ विज्ञान प्रतिष्ठानमा थप मेसिन जडानको प्रकृयामा छ । प्रादेशिक प्रयोगशालाको क्षमता विस्तारको प्रकृया सुरुभएको छ । लुम्विनी प्रादेशिक अस्पताल र कपिलवस्तुमा पिसिआर मेसिन सहितको नयाँ प्रयोगशाला स्थापनाको काम अघि वढेको छ ।


यतिवेला पिसिआर परिक्षणको रिजल्ट आउन लामो समय लाग्ने गरेको छ । यसवाट व्यवस्थापनमा समेत समस्या उत्पन्न हुनेगरेको छ । त्यसो हुन नदिन परिक्षणको क्षमता र दायरा वढाउने गरी काम अघि वढेको छ । त्यसका लागि राप्तीस्वास्थ विज्ञान प्रतिष्ठानमा थप मेसिन जडानको प्रकृयामा छ । प्रादेशिक प्रयोगशालाको क्षमता विस्तारको प्रकृया सुरुभएको छ । लुम्विनी प्रादेशिक अस्पताल र कपिलवस्तुमा पिसिआर मेसिन सहितको नयाँ प्रयोगशाला स्थापनाको काम अघि वढेको छ । यसवाट दुईहप्तापछि समयमै परिणाम प्राप्त हुनेछ ।


परिक्षणको दायरा वढेसंगै आउने केही समय संक्रमितको संख्यामा उल्लेख्य वृद्धिहुने अनुमान गरिएको छ। पहिलो चरणमा २००० सम्म र त्यसपछि थप १००० पुग्न सक्ने अनुमान छ ।यो समुदायमा संक्रमण महामारीको रुपमा विस्तार नहुदाको प्रक्षेपण हो । तदनुरुपको व्यवस्थापनको तयारी भइरहेको छ ।


एक महिनापछि अहिलेको अवस्थामा क्रमशः सुधारको प्रकृया सुरुहुने अनुमान छ । केही समय धैर्यगर्दा व्यवस्थापन, परिक्षण र उपचारका साथै वन्दावन्दीको अवस्थामा पनि सुधार ल्याउन सकिने देखिन्छ । जनजीवनलाई सहज बनाउनेगरी तयारी पनि हुदैछ । धैर्य गरौ, भय र त्रासवाट जोगियौं । सामाजिक दुरी र स्वास्थ सुरक्षामा ख्याल गरौ । यतिगर्दा महामारीवाट आफु जोगिन र अरुलाई समेत जोगाउन सकिनेछ ।

(प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको यो विचार उहाँकै निजी फेसबुक वालबाट साभार गरिएको हो ।)

Facebook Comments