• २२ कार्तिक २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्थानीयको सहयोगमा क्वारेन्टाइन संचालन




भारतलगायत विभिन्न देशबाट आएका नागरिकलाई स्थानीय सरकारले अनिवार्यरुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने नियम बनाएपछि घोराही उपमहानगरपालिका– १ हर्नोकमा क्वारेन्टाइन बनाइएको छ ।


हर्नोक काउलेका बाहिरबाट आएका करिब १०० जना जतिलाई घोराही उपमहानगरपालिका–१ हर्नोकस्थित अम्बिका मावि क्वारेन्टाइनमा राखिएको छ ।


घरबाट खाना ल्याउँदा समुदायमा संक्रमण बढ्नसक्ने भएकाले स्थानीयले सहयोग गरेका छन् ।

घोराही उपमहानगरपालिका १ वडा सदस्य मदनकुमार न्यौपानेको अगुवाइमा स्थानीयबासीको सहयोगमा आर्थिक तथा खाद्यान्न संकलन गरि क्वारेन्टाइन संचालन गरिएको छ ।

खाना बनाउन र सरसफा गर्नको लागी ३ जना कर्मचारी समेत राखिएको छ । कर्मचारीहरुलाई प्रतिमहिना १० हजार पारिश्रमिकको पनि ब्यवस्था गरेको सदस्य न्यौपानेले जानकारी दिनुभयो ।
दिनुभएको छ ।

Facebook Comments