• २५ कार्तिक २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दिवंगत बुबाआमाको सम्झनामा आरसीसी पुल




रुकुमपूुर्व पुथाउत्तरगंगा गाउँपालिका–१० का पाँच भाईले पुथा–११ मा पर्ने दम्चन खोलामा आरसीसी पुल निर्माण गरिराखेका छन् । दिवंगत बुवा दिलबहादुर बुढा र आमा सम्पतादेवी बुढाको सम्झनामा दम्चन खोलामा आरसीसी पुल निर्माण कार्य थालेका हुन् ।

पुथा–१० नम्बर वडा घुम्लिबाङ्गका कुमिर बुढा, इन्द्र बुढा, सेमसर बुढा, समुन्द्र बुढा र महिन्द्र बुढा पाँच भाईको लगानीमाा आरसीसी पुल निर्माणको काम अहिले भइरहेको स्थानीय बुद्धिजीवी दयाधन घर्तीले बताउनुभयो ।

पहिले देखि नै वर्षायाममा आवतजावतमा समस्या भइरहेको छ भनेर पटकपटक आरसीसी पुल निर्माणको लागि वडा र गाउँपालिकासँग माग गरिराखियो तर, वास्ता नगरेकोमा हाल बुढाका पाँच भाईले उक्त खोलामा पुल बनाइदिएपछि वर्षैदेखिको समस्या टर्ने घर्तीले जानकारी दिनुभयो ।

साढे ९ मिटर लम्बाइ र साढे २ मिटरको चौडाइ भएको पुल वैशाख महिना देखि काम शुरु भएकोमा हाल ढलानको काम भइरहेको छ असारको दोस्रो हप्ता सम्ममा पुल सम्पन्न गर्ने अनुसार काम भइरहेको बताइएको छ ।

एक गाउँबाट अर्को गाउँमा आउने जाने कामका लागि र विद्यार्थी, ग्वाला आवत जावत गर्नमा अब देखि सहज गराउने र दिवंगत आमाबाबुको सम्झनामा गाउँको लागि आरसीसी पुल निर्माण गर्ने काम गरिएको कुमिर बुढाले जानकारी दिनुभयो । अहिले काम भइहेकोमा पुल निर्माण हुँदा सम्म लगभग नौ लाख रुपैयाँ खर्र्च लाग्ने अनुमान गरिएको छ ।

Facebook Comments