• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कूल संक्रमितको एक तिहाइ प्रदेश ५ मै, निको भएर घर फर्कने ११७





प्रदेश ५ मा संक्रमित संख्या एक हजार नजिक पुगेको छ । शुक्रवार साँझसम्मको परीक्षणमा ९७० जना संक्रमित भेटिएका छन् । देशभरिको कूल संक्रमित तीन हजार नजिक पुग्दा प्रदेश ५ मा मात्रै एक हजार नजिक पुगेका हुन् ।


जसमध्ये ८४९ जनाको उपचार भइरहेको छ भने ११७ जना निको भएर घर फर्किसकेका छन् । चार जनाको मृत्यु नै भइसकेको छ । कूल १५ हजार छ सय ८८ जनाको स्वाब परीक्षण गर्दा ९७० जना संक्रमित भेटिएका छन् भने १४ हजार सात सय १८ जनामा नेगेटिभ नतिजा आएको छ ।


२० हजार चार सय ३६ जनाको स्वाब संकलन भएकोमा चार हजार सात सय ५३ जनाको नतिजा आउन बाँकी छ । यो प्रदेशमा सबैभन्दा धेरै व्यक्ति क्वारेन्टाइनमा बसेको भए पनि स्वाब परीक्षण भने निकै सुस्त भइरहेको छ । बाँके, दाङ र रुपेन्देहीका तीन वटा ल्याब परीक्षण गरिए पनि बितेको २४ घण्टामा यो प्रदेशमा ३९५ जनाको मात्रै पिसिआर परीक्षण गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा बिहीवार साँझसम्म १५ हजार दुइ सय ९३ जनाको स्वाब परीक्षण गरिएकोमा शुक्रवार साँझसम्म थप ३९५ जनाको मात्रै स्वाब परीक्षण गर्दा कूल परीक्षण गरिएकाको संख्या १५ हजार छ सय ८८ मात्रै पुगेको छ । यसअघि दैनिक एक हजार हाराहारीमा परीक्षण गरिएको भए पनि शुक्रवार भने चार सयको पनि परीक्षण भएन ।


अहिलेसम्म आरडिटी परीक्षण भने ३४ हजार तीन सय ६ जनाको गरिएको छ । जसमा दुइ हजार तीन सय ७९ जनाको पोजेटिभ र बाँकीको नेगेटिभ आएको छ । अघिल्लो दिनको तुलनामा शुक्रवार दुइ हजार बढीको आरडिटी गरिएको छ । यसरी हेर्दा यो प्रदेशमा पिसिआर जाँचको संख्या घटाउँदै आरडिटी बढाउन थालेको देखिएको छ । यो प्रदेशमा बाँके, अर्घाखाँची, गुल्मी र पाल्पामा गरी चार जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।


भारतबाट आउनेरुको चाप घटेसँगै क्वारेन्टाइनको संख्या स्थिर देखिएको छ । बिहीवारसम्म ३९ हजार पाँच सय ८५ जना क्वारेन्टाइनमा रहेका थिए भने शुक्रवार साँझसम्म थोरै संख्या घटेर ३९ हजार दुइ सय बीस पुगेको छ ।

संक्रमितको जिल्लागत विवरण:
कपिलबस्तु जिल्लामा ४७९
बाँके जिल्लामा २५५
रुपन्देही जिल्लामा १०८
दाङ जिल्लामा ७४
बर्दिया जिल्लामा १३
नवलपरासी जिल्लामा १७
गुल्मी जिल्लामा ६
पाल्पा जिल्लामा ८
अर्घाखाँची जिल्लामा ४
रुकुमपूर्वमा ३ जना
प्युठानमा ३ जना

Facebook Comments