• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीका क्वारेन्टाइन र आइसोलेशनमा विभिन्न व्यक्तिको सहयोग




दाङको घोराहीमा रहनु भएका विभिन्न सहयोगीहरुले बंगलाचुली गाउँपालिकामा रहेको आइसोलेशन तथा क्वारेन्टाइन प्रयायोजनका लागि चालम, दाल, तेल, चिनी, पीठो, तरकारी, डसना, सिरानी, तन्ना, झुल, व्याडमिन्टन, फूटबल, भलिबल, चेस, कर्कलगायत सहयोग गरेका छन् ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका सचिव तुलसीराम पुन ‘सुवास’को पहलमा सो सामग्री संकलन गरिएको हो ।

गाउँपालिकालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति दाङ, जनक गहतराज, नवल जीएम, नरबहादुर अधिकारी, गिरिराज खड्का, गुलाम रसुल, प्रयास हार्डवयर, ध्रुबकुमार श्रेष्ठले सहयोग गर्नु भएको हो ।


हिजो सचिव पुनले बंगलाचुलसी गापाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओलीलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा प्रशासकीय अधिकृत ओलीले पहल गर्ने नेता पुनसहित सहयोगीहरुलाई धन्यवाद दिनुभएको थियो ।


बंगलाचुलीले सबै क्वारेन्टाइनमा बसेकाहरुलाई आफ्नै ब्यवस्थापनमा खाना खुवाइरहेको र पानी परेसँगै चिसो बढेकाले क्वारेन्टाइनहरुमा चिसो बढ्दा समस्या हुने देखिएको सहयोग अभियान चलाइएको नेता पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणको सहयोग सामग्री हस्तान्तरण गरिएको छ भने दोस्रो चरणको सामग्री फेरि पठाइने छ ।

Facebook Comments