• २५ कार्तिक २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अध्यक्ष रिहाइको माग गर्दै विप्लवनिकट अखिल क्रान्तिकारी आन्दोलनमा




विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालको गिरफ्तारीको विरोध गर्दै संगठनले विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ।

आज दिउँसो संगठनका उपाध्यक्ष रुद्र भट्टराईले एक प्रेस विज्ञप्ति जारी गर्दै ओली नेतृत्वको सामाजिक फासीवादी दलाल सरकारले देशभक्त क्रान्तिकारी शक्तिहरु लाई प्रतिबन्धित गर्ने ,गिरफ्तार गर्ने ,यातना दिने र प्रहरी प्रशानको प्रयोग गरि झुट्ठा मुद्दामा फसाउने जस्ता निन्दनीय र अमानवीय कार्य गर्दै आएको र यसको जतिसुकै निन्दा गरेपनि अपुग हुने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै जेठ २१ गते दिउँसो रुकुम( पश्चिम)को नरसंहारविरुद्ध काठमाडौको माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै गर्दा गिरफ्तार गरिएका संगठनका अध्यक्ष चिरञ्जीवी ढकालको अविलम्ब रिहाइको माग गर्दै संगठनले निम्न संघर्षका कार्यक्रम घोषणा गरेको छ।

१) २०७७ जेठ २३ गते सामाजिक संजालमा कालो ब्यानर राख्ने।
२) २०७७ जेठ २५ गते गैरन्यायिक गिरफ्तारीको बिषयमा सामाजिक संजाल मार्फत अन्तरक्रिया गर्ने।
३) २०७७ जेठ २७ गते सामाजिक दुरि कायम राख्दै सम्पुर्ण जिल्लामा कोणसभा गर्ने।
४) २०७७ जेठ २९ गते सामाजिक दुरि कायम गर्दै मशाल जुलुस गर्ने।

Facebook Comments