दाङको बंगलाचुली गाउँपािलका ३ श्रीबारीस्थित महेन्द्र माविमा रहेको क्वारेन्टाइनमा बस्ने ११६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा खुशीयाली छाएको छ ।
उनीहरुले खुशी हुँदै नाचगान गरेका छन् भने खाना पकाएर खुवाउने भान्सेलाई उपहारस्वरुप आर्थिक सहयोग पनि गरेका छन् ।
सुशील परियार, पुनाराम खत्री, देबिराम खत्री, चन्दबहादुर बुढालगायतले स्वेच्छाले रकम जम्मा गरी चार हजार ८४ रुपैयाँ भान्सेलाई उपहारस्वरुप प्रदान गरेका हुन् ।
पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सबै खुसी हुँदै बंगलाचुली गाउपालिका जनप्रतिनिधि, स्वास्थ्यककर्मी, वडा अध्यक्ष शोभाराज विश्वकर्मालगायतलाई स्टार बंगलाचुली युवा क्लबका अध्यक्ष सुशील परियारले धन्यवाद पनि दिनुभएको थियो ।
साथै सबैलाई नियमअनुसार १४ दिनसम्म होम क्वारेन्टाइनमा रहन पनि सबैलाई अपिल गर्नुभएको थियो । आजसम्म पकाएर खुवाउनु भएकोमा भान्सेप्रति धन्यवाद तथा सम्मानस्वरुप नगद सहयोग गरेको पनि उहाँले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।