• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपालको सन्दर्भमा अनलाइन कक्षा





कोरोनाको कारण नेपालमात्र होइन सारा जगत नै आक्रान्त भैरहेको छ । महिनौ बितिसक्दा पनि यो भाइरस रोकिन सकेको छैन । सबै ठाउँमा कोरोनाको जोखिम बढिराखेको छ । मानिसहरु घरमै बस्ने बाहेक अरु कुनै काम नै छैन । हरेक बेला आफूलाई ब्यस्त छु भन्नेहरु आज आफ्नो कोठामा आफूलाई एक्लै राख्न बाध्य छन् ।

समयको कुनै महत्व नभएको भान भैरहेको छ यतिबेला । आफू कसरी बाच्ने यति चाहना मात्र पलाएको छ जनजनमा । मानिसहरु अहिले सबै आफ्नो परिवारसँग मज्जाले भुलिन र समय व्यतित गर्न पाइरहेका छन् । बर्षौदेखि छोराछोरीको अनुहार देख्न नपाएका बुबाआमाले यतिबेला नेपाली जागिरे छोराछोरीसँग मजाले भलाकुसारी गर्न पाइरहेका छन् । तर अहिले लकडाउनका कारण अध्ययन र अध्यापन क्षेत्र सर्वाधिक प्रभावित बनिरहेको छ ।

नेपालको सन्दर्भ हेर्ने हो अनलाइन कक्षाको प्रयास धेरैका लागि नौलो नै हो । यसको सुरुवात हुनु सकारात्मक पाटो हो तर यसको पहुचका बारेमा भने गहन अध्यन हुन् चाहि जरुरत छ । नेपालमा इन्टरनेट सुविधा सबै ठाउँमा छैन । यसको बारेमा बहस भएको खासै पाइदैन । त्रिभुवन बिश्वोबिध्यालयको कुरा गर्ने हो भने भर्चुअल क्लासका लागि सबैलाई अपिल त गर्यो तर बिना अध्ययन । हो यही कारण त् हामी धेरै पछाडि परेका छौं ।

कक्षाका बहानामा मासिक शुल्क उठाउने खेलो त होइन भन्ने प्रश्न पनि उठेको छ । यो बुझ्न जरुर छ, सारा मुलुक महामारीले ग्रस्त भैराखेको बेला अनलाइन कक्षाको बहाना मात्र गर्न खोजिएको हो भने यो मान्य हुनेछैन । कुराको प्रसङ्गमा आउनसक्छ निजी बिद्यालयले बिद्यार्थीसंग फिस नमागेर कसरी तलब खुवाउने ? हो तलब नै खुवाउने हो भने अहिलेम्म निजी विद्यालयहरुले कमाएको पैसा यतिबेला खर्च गर्नुपर्छ । तर यो बेलामा अभिभाबाकलाइ भार पार्नुहुँदैन । भोलि सहज अवस्थामा सबैखाले विदा कटौती गरेर पनि पढाउन सकिन्छ ।


अनलाइन कक्षाका लागि प्रयास गर्ने कुरा फेरि सही छ तर अभिभावकलाई मार नपर्ने गरी । नयाँ अभ्यास हुनुपर्छ, त्यसले अगाडि बढ्ने बाटो खोल्ने हो तर विद्यार्थीको इन्टरनेटसँगको पहुँच र अभिावकको समस्या दुबै बुझ्नुपर्छ । धेरै क्याम्पसको दबाबकै कारण कयौ बिद्यार्थीले मोबाइलमा नै आफ्नो पैसा सकेर क्लास लिनुपर्ने बाध्यताले झन् बिद्यार्थीलाइ मानसिक असर पर्नसक्छ । आर्थिक समस्यादेखि लिएर भोकमारी समेत लाग्ने यो समयमा बिद्यार्थीलाइ सास्ती दिनु राम्रो होइन ।

सानासाना अबोध बालबालिकालाइ मोबाइलको इस्क्रिनमा ब्यस्त राख्दा उनीहरुको स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । समग्रमा भन्ने हो भने सबैको लागि यसको पहुँच अहिलेको समयमा यो सम्भव कुनै पनि हालतमा छैन । त्यसैले यो बिषयमा बहस बेलैमा हुन् जरुर छ । सम्भव हुन्थ्यो भने परीक्षा हुन् नसकेका १० ,११, १२ को परिछ्या अनलाइनबाट गराउन सक्नुपथ्र्यो तर त्यो सकिएन । यसबाट बुझ्न सकिन्छ कि तत्काल नेपालमा अनलाइन कक्षाको संभावना कम छ ।

Facebook Comments