घोराही उपमाहानगर पालिका वडा नंं ४ गोग्लीमा दिनबहादुर खत्रीको परिवारलाई सहयोग जुट्ने क्रम जारी रहेको छ ।
दुईवटा छोरा मध्ये २६ बर्षिय जेठो छोरो प्रेम खत्री एक बर्षदेखि ओछ्यानमा छन् भने कान्छो छोरा २३ बर्षिय मधुसूदन खत्री अपांग छन् । उनलाई कपडा पनि अर्कैले लगाइदिनु पर्छ । यही पीडा मिडियामा आएपछि सहयोग जुट्ने क्रम जारी छ ।
यसैक्रममा फेमिना ग्रुपले पाँच हजार बराबरको जिन्सी सामग्री हस्तान्तरण गरेको छ । ग्रुपको तर्फबाट सदस्य शारदा बस्नेतले खत्रीलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
जसमा चालम एक बोरा, तेल पाँच लिटर, दाल तीन किलो, आठ पिस साबुन, केही मेडिकल सामग्री र दुइ प्याकेट डाइपर रहेका छन् ।
उमेरमा भारत गएर काम गरेको पैसाले परिवार धानेका दिन बहादुरले छोरा प्रेम खत्रीलाइ बिमारले च्यापेपछि भारत लगेर उपचार गराउनुभयो । घाउ बढ्दै गएपछि प्रेम एक बर्षदेखि ओछ्यानमा छन् ।
छोरालाई जसरी भए पनि बचाउछु भन्ने हिम्मत लिएर दिन बहादुरले भारत जान छोडेर गोग्लीमा एउटा सानो नास्ता होटल खोले पनि अहिले लकडाउनका कारण पसल चल्न छाडेपछि समस्या भएको छ ।
जेठा छोराको घाउ सफा गर्न दिनमा तीन सय बढी खर्च छ । कान्छो छोरा मधुसूदन खत्री पनि अपांग छन्, उनलाई कपडासमेत अरुले लगाइदिनुपर्छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।