कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी र गाडी फिर्ता गरेका छन्। कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र उपचारमा सहयोगका लागि प्रहरी परिचालन गर्न सहज होस् भन्ने उद्देश्यले आफ्नो सुरक्षामा खटिएका प्रहरी र पछुवा गाडी फिर्ता गरेको उनले बताए।
विद्यमान समयमा आफ्नो व्यक्तिगत सुरक्षाका लागि भन्दा पनि कोरोना संक्रमण नियन्त्रणमा भूमिका खेल्न आवश्यक रहेकाले सुरक्षाकर्मी फिर्ता गरेको उनको भनाइ छ।
उनको सुरक्षाका लागि ७ जना प्रहरी खटाईएको थियो। तर उनले सबै प्रहरी फिर्ता गरेका छन्।
मुख्यमन्त्री शाहीका अनुसार महामारी नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन आवश्यक भएको हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयमा रहेका अन्य सवारीसाधन पनि प्रहरीलाई ड्युटी गर्न उपलब्ध गराइएको छ। मन्त्री र सचिवबाहेकका अन्य सबै गाडी सुरक्षाकर्मीलाई दैनिक ड्युटीका लागि प्रयोग गर्ने निर्णय गरिएको उनले बताए।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।