सरकारले दाङमा थप स्वास्थ्य सामग्री पठाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थय सेवा विभागले विभागका महानिर्देशकका स्वकीय सचिव मदनकुमार ओलीमार्फत सो सामग्री पठाएको हो ।
ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पतालमार्फत कोरोना अस्पताल बेलझुण्डी र कारागार शाखा घोराहीमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कोरोना परीक्षण तथा उपचारसँग सम्बन्धित सामग्री हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । दाङ निवासी ओलीले आफ्नै पहलमा स्वास्थ्य सामग्री लिएर आउनुभएको हो ।
जसमा प्रयोगशालाका आवश्यक आरडिटी, भिटिएम, पिसिआर आदिमा चाहिने किट र रसायन धेरै रहेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।