घोराही उपमहानगर १५ मा एक बृद्ध अलपत्र परेका छन् ।
सडकमा यत्रतत्र हिड्दै आएका भारतीय मूलका जस्ता देखिने ती बृद्ध एक दिनअघि लडेपछि घाइते अवस्थामा रहेका छन् ।
सडकमानवमुक्त घोराही उपमहानगरमा यस्ता व्यक्ति सडकमा रहन नहुने भन्दै स्थानीयले उपमहानगरलाई उद्धार गर्न आग्रह गरेका छन् ।
यद्यपि अहिलेसम्म घोराहीमा यस्ता सडकमानव राख्ने कुनै ठाउँ छैन । घोराही ३ कुहिरेपानीमा यस्ता मानिस राख्ने भनिए पनि अहिले त्यसलाई क्वारेन्टाइन बनाइएको छ ।
स्थानीय विवेक न्यौपानेले उपमहागरदेखि प्रहरीसम्म जानकारी गराए पनि अहिलेसम्म उद्धार हुन नसकेको र तत्काल उद्धार गर्नुपर्ने बताउनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।