• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानले उपचार रोकेपछि चौतर्फी बिरोध, सेवा रोक्नु मन्त्रालयको परिपत्रविपरित




राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेठ ६ गतेदेखि अस्पतालबाट प्रदान हुने अन्तरङ र बहिरङ सबै सेवा बन्द गरेपछि सेवाग्राहीले चर्को बिरोध गरेका छन् । प्रतिष्ठानको विज्ञप्ति सार्वजनिक भएलगत्तै जनस्तरबाट चर्को बिरोध शुरु भएको हो ।


प्रतिष्ठानले कोरोनाका विरामीको उपचार गर्नुपर्ने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार बहिरङ र अन्तरङका सबै सेवा बन्द गरेको जनाएको छ । यद्यपि विज्ञप्तिमा मन्त्रालयको पत्र प्राप्त भएको हो वा मौखिक निर्देशन आएको हो खुलाएइको छैन ।

प्रतिष्ठानको विज्ञप्ति

मन्त्रालयको कुन मितिको, कुन चलानी नम्बरको पत्रका आधारमा प्रतिष्ठानले यो निर्णय गरेको हो नखुलाएकाले मन्त्रालयको निर्देशनभन्दा पनि आफ्नै मनोमानीले सेवा बन्द गरेको हो कि भन्ने जनस्तरमा आशंका देखिएको छ ।


त्यसो त यो निर्णय यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको परिपत्रको विपरित देखिएको छ । बैशाख ८ गते मन्त्रालयले सबै अस्पताल, मेडिकल कलेज र प्रतिष्ठानहरुलाई परिपत्र गर्दै बहिरङलगायत सबै स्वास्थ्य सेवाहरु सुचारु गर्न निर्देशन दिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको परिपत्र


दाङमा अन्य जिल्लाका विरामीसमेत राख्नसक्ने गरी कोरोना बिशेष अस्पताल बेलझुण्डीमा स्थापना गरेको र त्यहाँ कोरोनाका बिरामीको उपचार भइरहेकाले बाँकी अस्पतालका अन्य सेवा रोकेरै कोरोनाका विरामी राख्नुपर्ने स्थिति देखिदैन ।

यसप्रति जनस्तरको खबरदारी पनि बढेको छ । बरु बेलझुण्डीको अस्पतालमा स्रोत साधन र जनशक्ति बढाउन आग्रह गर्दै सेवाग्राहीले प्रतिष्ठानको स्वास्थ्य सेवा तत्काल सुचारु गर्न माग गरेका छन् ।

प्रतिष्ठानको विज्ञप्तिमा उपचारका लागि आउने सेवाग्राहीलाई नजिकको स्वास्थ्य संस्था वा प्रादेशिक अस्पताल तुलसीपुर जान भनिएको छ । तर, घोराहीमा अन्य कुनै सरकारी स्वास्थ्य संस्था छैनन् भने तुलसीपुर जान लकडाउनका कारण आम सेवाग्राहीलाई सहज छैन ।

Facebook Comments