पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य कमला रोकाले राहत वितरण गर्नु भएको छ ।
रुकुमपूर्वका सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिका घर भइ काठमाण्डौंका विभिन्न ठाउँमा बसोबास गरिरहेका ६५ व्यक्ति तथा घर परिवारलाई सम्बन्धित ठाउँमा पुगेर सांसद् रोकाले व्यक्तिगत रूपमा राहत वितरण गर्नुभएको हो ।
काठमाण्डौंको किर्तिपुर स्थित विष्ट गाउँमा बस्ने ६० घरपरिवारलाई राहत वितरण गर्नुभएको छ । यस अघि पनि सांसद् रोकाले ५ घर परिवारलाई राहत वितरण गर्नुभएको थियो । प्रति परिवार ३० किलोका दरले चामल राहत वितरण गरिएको छ ।
कोरोना भाइरस संक्रमण बढ्न थालेपछि बन्दाबन्दीमा परेका सर्वसाधारण र मजदुरीलाई राहत वितरण गरिएको सांसद रोकाले बताउनुभयो । केही दिन भएपनि सहयोग पुगोस् भनेर राहत वितरण गरिएको उहाँको भनाई छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।