• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिदेशमा ज्यान गुमाउने नेपालीको संख्या ९५, सबैभन्दा धेरै बेलायतमा ६३




कोरोना भाइरसबाट विभिन्न देशमा मृत्यु हुने नेपालीको संख्या ९५ पुगेको छ। झन्डै ७ हजार जना संक्रमित भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिका अनुसार विश्वका ३० देशमा गरेर ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका हुन्।

मृतक ९५ मध्ये सबैभन्दा बढी बेलायतवासी ६३ नेपाली छन्। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १५ नेपालीले ज्यान गुमाएका छन्।

यसैगरी संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ९, साउदी अरबमा २, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, बहराइन र स्विडेनमा १/१ नेपालीको मृत्यु भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए। तिनमा ७७ पुरुष र १८ महिला छन्।

समितिका अनुसार पछिल्लो साता मात्र कोरोनाका कारण यूकेमा १२, यूएईमा ३ र साउदी अरबमा २ नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडाअनुसार कोरोनाबाट ११ देशमा गैरआवासीय नेपालीको मृत्यु भएको हो भने १९ देशमा संक्रमित भएको एनआरएनए, कोडिभ-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ५ सय, अमेरिकामा १ हजार ६ सय, यूकेमा १ हजार २ सय २१, बहराइनमा ३ सय ११, यूएईमा २ सय, कुवेतमा ८४, साउदी अरबमा ६ सय ७४, मलेसियामा ४९, तथा पोर्चुगलमा २९ नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

यसैगरी आयरल्यान्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अस्टे«लियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विडरल्यान्डमा ५, जर्मनी ४, फिनल्यान्डमा ४, साइप्रस ३, न्युजिल्यान्ड ३, माल्टामा २, हङकङमा २, पोल्यान्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको समितिले जनाएकाे छ।

Facebook Comments