पिके निर्माण सेवा प्रालि घोराहीले लकडाउनका कारण प्रभावित बिपन्न नागरिकको सहयोगका लागि ५० बोरा चालम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राहतकोषमा जम्मा गरेको छ ।
प्रालिका प्रतिनिधि दिपेश पोख्रेलले नेकपा दाङका जिल्ला इञ्चार्ज जीवन गौतमलाई सहयोग हस्तान्तरण गर्नुभएको हो । यसअघि प्रालिबाट घोराही वडा नम्बर १५ को राहतकोषमा २५ हजार सहयोग गरेको जानकारी दिंदै आवश्यक परे सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रालिका प्रबन्ध निर्देशक प्रकाश रसाइलीले बिपन्न नागरिकको छाक नबसोस् भनेर सहयोग गरिएको जानकारी दिंदै संकटको बेलामा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
नेकपा दाङका जिल्ला इञ्चार्ज गौतमले नेकपाले बिपन्न जनताको राहतका लागि जिल्लास्तरमा र हरेक वडामा खाद्य बैंक बनाएको जानकारी दिंदै जनताको जनताको छाक नै बन्द हुने स्थिति आउन नदिन सहयोग संकलन गरिरहेको बताउनुभयो ।
जिल्लामा जिल्ला कार्यालय, जिल्लाका उद्योग तथा आर्थिक विभागले सहयोग संकलन गरिरहेको जानकारी दिंदै उहाँले हरेक वडामा रहेका खाद्य बैंकमा पनि सहयोग गर्न सकिने बताउनुभयो ।
संकलित सहयोग स्थानीय पार्टी तथा सरकारको तथ्यांकका आधारमा सबैभन्दा धेरै आवश्यक ठाउँमा एकद्वार प्रणालीबाट स्थानीय सरकारमार्फत वितरण गरिने गौतमले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।