• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संक्रमित युवासँग आएका दाङका दशैं जना सम्पर्कमा, भोलि नै स्वाब पठाइने





कैलालीको गौरीफन्टा नाकाहुँदै आएका कैलालीका एक जना व्यक्ति र उनको परिवारका सदस्यसमेत कोरोनाबाट संक्रमित भएपछि यसको चिन्ता दाङसम्म पुगेको छ ।

ती युवासँगै दाङका दश जना पनि आएको तथ्य बाहिरिएपछि दाङ प्रशासनले विहानैदेखि खोजी थालेको थियो । साँझसम्म दशै जना युवा सम्पर्कमा आएका छन् ।

जसअनुसार घोराही ४ का ६ जना रहेका छन् । उनीहरु भारतको मुम्बइबाट घर आएका हुन् । उनीहरुलाई कोरोना अस्पताल बेलझुण्डी पठाइसकिएको छ ।


त्यस्तै लमही नगरपालिका दुइ र राजपुर गाउँपालिकाका दुइ जना रहेका छन् । उनीहरुलाई पनि साँझसम्म कोरोना अस्पताल बेलझुण्डी पु¥याउने सुरक्षास्रोतले जनाएको छ ।

सबै आज साँझसम्म बेलझुण्डी पुगेपछि भोलि नै स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने कोरोना अस्पताल बेलझुण्डी ब्यवस्थापन समितिका सदस्य जीवन गौतमले जानकारी दिनुभयो ।

Facebook Comments