• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको भारतीय सीमामा कडाइः सशस्त्र प्रहरी चौकी थप, अब दाङका दश नाकामा १३ सुरक्षा चौकी




भारतमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि भारतबाट नेपाल प्रवेश गर्नेको संख्या बढ्न थालेपछि सरकारले भारतीय सिमासँग जोडिएको दाङमा चार वटा प्रहरी चौकी थप गर्न थालेको छ ।

गृहमन्त्रालयको निर्देशनअनुसार आज बसेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार चार सशस्त्र प्रहरी चौकी थप गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।


जसअनुसार अब पटौली, गुरुङनाका, भौरीसाल र भौवा नाकामा सशस्त्र सुरक्षाचौकी एक दुइ दिनमै पठाइदैछ । अहिले दाङको सीमा क्षेत्रमा ६ वटा नाकामा नौ वटा सुरक्षा चौकी रहेका थिए । अहिले कोइलाबासमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा चौकी छन् ।

त्यस्तै खांग्रा नाकामा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीका चौकी छन् भने त्यस्तै मुसी नाका, डगमारा र सिरियामा नेपाल प्रहरीका चौकी छन् । सुनपथरीमा सशस्त्र प्रहरी बलको चौकी रहेको छ ।


दाङको भूभागमा ३१ वटा नाका छन् । भारततर्फी १६ नाकामा भारतीय सशस्त्र बल (एसएसबी( रहे पनि नेपालतर्फ भने थोरै मात्र सुरक्षा जाँच चौकी रहेका थिए । गत बर्षसम्म नेपाल प्रहरीले मात्रै धान्दै आएको नाका क्षेत्रमा यो बर्ष सात वटा प्रहरी सशस्त्र प्रहरी चौकी बन्ने थपिने भएपछि नाकाबासीको सुरक्षा अवस्था पनि सुदृढ हुने देखिएको छ ।


जिल्लाको ८३ किलोमिटर खुल्ला सिमाना छ। अहिले दश नाकामा स्थापना भएका १३ वटा सुरक्षा चौकीले नाका क्षेत्रको सुरक्षा र अहिले भारतीय नागरिकको अनाधिकृत प्रवेश रोक्न धेरै सहयोग पुग्ने दाङ १ (क)का प्रदेशसभा सदस्य इन्द्रजीत थारुले बताउनुभयो । अहिले पनि एउटा नाकाका सुरक्षाकर्मीले अरु नाकासमेत हेर्नुपर्ने अवस्था छ ।

उहाँका अनुसार मुसी र भौरीसालले घङ्ग्रवाल नाका हेर्नुपर्नेछ भने गुरुङ र सिरिया नाकाका चौकीले सुकौली नाका हेनुपर्नेछ । त्यस्तै डगमाराले फोहरीनाका हेरिरहेको छ । मानव वस्ती कम भएका नाकाबाट प्रवेश गर्नेलाई सुरक्षाकर्मीले हेर्ने र मानव वस्ती भएका नाकाबाट प्रवेश गर्नेहरुको निगरानी गर्न स्थानीय नाकावासी तथा जनप्रतिनिधिलाई समेत भनिएको प्रदेसशसभा सदस्य थारुले जानकारी दिनुभयो ।

Facebook Comments