दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुले संयुक्त विज्ञप्तिमार्फत श्रमिक मजदूर वर्गका लागि राहत कार्यक्रम घोषणा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा तथा यस क्षेत्रका अन्य संघीय सांसदहरु रेखाकुमारी शर्मा, शान्ता चौधरी र अनिता देवकोटाले संयुक्त विज्ञप्तिमार्फत यस्तो आग्रह गर्नुभएको हो ।
‘महामारीको रुपमा फैलिएको कोभिड–१९ ले अहिले विश्वभर नयाँ संकट उत्पन्न भएको छ । संसारको ध्यान अहिले कोभिड–१९ बाट कसरी उन्मुक्ति पाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएको छ । संसारका सबैजसो देशमा फैलिएको कोभिड–१९ बाट हाम्रो मुलुक नेपाल पनि जोखिममा छ’– विज्ञप्तिमा भनिएको छ– ‘चैत ११ गतेदेखि सरकारले संक्रमण फैलन नदिन देशभर लकडाउन गरेको छ । अहिलेको परिस्थितिमा संक्रमणको जोखिमबाट बच्ने उपाय भनेकै सामाजिक दूरी कायम गर्नु हो ।’
आम जनसमुदायलाई सरकारले गरेको लकडानलाई साथ दिदै सामाजिक दूरी कायम गर्दै विज्ञप्तिमा भनिएको छ– ‘साथै लकडाउनका कारण सबैभन्दा बढी अप्ठेरोमा परेका दैनिक ज्यालदारी गरी जीविकोपार्जन गर्ने मजदूर तथा श्रमजीवि वर्गका लागि राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गर्दछौं । कोभिड–१९ विरुद्धको लडाइँमा साथ दिन निजी क्षेत्रलाई समेत हार्दिक अपिल गर्दछौं ।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।