• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा अत्यावश्यकीय सामग्री अभाव हुन नदिन पिपिइ र स्यानिटाइजर हस्तान्तरण





दाङमा कोरोना उपचारका लागि अत्यावश्यीय सामग्री अभाव नहोस् भनेर केही सामग्री हस्तान्तरण गरिएको छ ।


नेपाल थोक औषधि ब्यवसायी संघ दाङले ह्याण्ड स्यानिटाइजर पाँच सय वटा हस्तान्तरण गरेको हो । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालमार्फत सो सामग्री हस्तान्तरण गरिएको हो ।

संघका अध्यक्ष शालिकराम आचार्यको नेतृत्वमा गएको ब्यवसायीहरुको टोलीे स्यानिटाइजर हस्तान्तरण गरेको हो ।

बजारमा अभाव भएर दैनिक सुरक्षामा खटिने सुरक्षाकर्मीकाा लागि समस्या भएपछि स्यानिटाइजर हस्तान्तरण गरिएको संघका सचिव दीपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा जिल्लास्थिति सुरक्षा निकायका प्रमुखहरुको पनि उस्थिति रहेको थियो ।


त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज जीवन गौतमले पनि अत्यावश्यकीय सामग्री प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्तरण गर्नुभएको छ ।

इञ्चार्ज गौतमले प्रअजि रिजालमार्फत १६ थान पिपिइ, पाँच हजार थान मास्क र २० थान भिटिएम हस्तान्तरण गर्नुभएको थियो ।

आफ्नै पहलमा काठमाडौंमा ल्याएका कोरोनाको स्याम्पल टेस्ट गर्न स्वाव संकलन गर्ने उपकरण र स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक (पिपिइ) हस्तान्तरण गर्नुभएको हो ।

Facebook Comments