कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अत्यावश्यक वाहेकका भेटघाट वन्द गर्नुभएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न अत्यावश्यक वाहेकका भेटघाट आजदेखि वन्द गरिएको मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माले जानकारी दिनुभयो ।
मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड–१९)ले निम्त्याएको संकटको सामाधानका लागि उच्च सावधानी अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह गर्नुभएको सल्लाहकार शर्माले वताउनुभयो ।
उहाँका अनुसार विश्वव्यापी समस्याको रुपमा रहेको कोरोना भाईरसको संकट सामाधान गर्न स्वास्थ्य निर्देशिकाको अनिवार्य रुपमा पालना गर्नु अहिलेको मुख्य दायित्व रहेको भन्दै मुख्यमन्त्री शाहीले सवै नागरिकलाई सचेत र सतर्क रहन आग्रह गर्नुभएको छ ।
संक्रमणवाट जोगिन प्रत्येक नागरिक आफैले पनि उच्च सावधानी अपनाउन, अनावश्यक हिडहुल नगर्न, भेटघाट तथा सम्पर्क नगर्न, भिडभाड तथा वजारमा नजान र स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीले दिएको सुझाव अवलम्वन गर्न पनि मुख्यमन्त्री शाहीले आग्रह गरेको सल्लाहकार शर्माले वताउनुभयो ।
कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भिरताका साथ लागिरहेकोले अनावश्यक हल्लाको पछि नलाग्न र त्रसित नहुन पनि मुख्यमन्त्री शाहीले अनुरोध गरेको सल्लाहकार शर्माको भनाई छ ।
कोरोनाको संकट सामाधान गर्न सरकारले अघि सारेको प्रतिकार्य योजनालाई साथ दिन आग्रह गर्दै मुख्यमन्त्री शाहीले सरकारका आधिकारीक निकायहरु, स्वास्थ्य संस्थाहरु, सुरक्षा निकायहरुको निर्देशनलाई पालना गर्न र सहयोग गर्न सवै नागरिकलाई अनुरोध गर्नुभएको पनि सल्लाहकार शर्माले वताउनुभयो ।
‘यो विषम परिस्थितिको सामना गर्न मुख्यमन्त्रीज्यू र प्रदेश सरकार नागरिकको साथमा छʼ– सल्लाहकार शर्माले भन्नुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।