• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भावाङ हत्याकाण्डको बीस बर्षपछि सांस्कृतिक सभाः जहाँ एघार कलाकार एकै थलोमा मारिएका थिए





बीस बर्षअघि ११ जना कलाकार एकै थलोमा मारिएको रोल्पाको माडी गाउँपालिका ५ भावाङको बाङ्मामा सांस्कृतिक सभा गरिएको छ । २२ औं सांस्कृतिक सहिद दिवसको अवसरमा सांस्कृतिक सभा गरिएको हो ।

हत्याको बीस बर्षपछि जनसाँस्कृतिक महासंघ दाङले सांस्कृतिक सभा गरेको छ । अनेकोटमा २०५५ चैत ५ गते कलाकारको सामूहिक हत्या भएको दिन पारेर जनयुद्धमा मारिएका सांस्कृतिक सहिदको सम्झनामा हरेक बर्ष सांस्कृतिक सहिद दिवस मनाइन्छ । जसअनुसार २२ आँै साँस्कृतिक सहिद दिवसको अवसर पारेर भावाङमा सांस्कृतिक सभा गरिएको हो ।

जनसाँस्कृतिक महासंघ दाङका अध्यक्ष टीका बुढा ‘रञ्जित’को अध्यक्षता, नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र घर्तीको प्रमुख तथा प्रदेश सदस्य एवं भावाङ हत्याकाण्डमा बाँचेकी हरिसरा घर्ती र महासंघका कर्णाली प्रदेश संयोजक भीम कुमाखीको बिशिष्ठ आतिथ्यमा सभा गरिएको हो । कार्यक्रम सञ्चालन हिरा सारथिले गर्नुभएको थियो । कार्यक्रममा जनवादी कलाकार झंकार बुढालगायतले सांगीतिक प्रस्तुति देखाउनुभएको थियो ।


कार्यक्रममा सहिद परिवारलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमका सहभागीहरुले एकैथलोमा ११ जना कलाकार मारिएको थलोलाई बलिदानस्थलको घोषणा गरी विकास ऐतिहासिक स्मारकहरु बनाउन माग गरेका थिए ।

एकपछि अर्को गर्दै जनयुद्धका सहिदहरुको सम्झना गर्न छाडिएको भन्दै सहिद परिवारका सदस्यहरुले सहिदलाई युगयुगसम्म सम्झने अवस्था सिर्जना गर्नुपर्ने बताए । साथै निहत्था कलाकारको हत्या गर्ने दोषीमाथि कारवाही गर्न पनि उनीहरुले माग गरे ।


२०५६ सालमा असार ८ गते एरियास्तरीय कलाकार बसेको ठाउँमा घेरा हालेर प्रहरीले एघार जना कलाकारको हत्या गरेको थियो । २२ जना कलाकार र स्थानीय कार्यकर्ता बसेको घरमा घेरा हालेर प्रहरीले गिरफ्तार लाइन लगाएर गोली हानेर एघार जनाको हत्या गरेको घटनामा बाँच्न सफल हरिसरा घर्तीले जानकारी दिनुभयो । अहिले चिनानस्थलमा झण्डा राख्नुका साथै तारबार गरिएको माडी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बसन्तबहादुर बुढाले जानकारी दिनुभयो ।


घटनास्थलभन्दा केही माथिको सार्वजनिक जग्गामा शान्ति प्रक्रियापछि साढे दश लाखको लगानीमा भवन बनाइएको छ । सो घटनामा मारिनेहरु अहिलेको रोल्पा नगरपालिकाका ६ र माडी गाउँपालिकाका पाँच जना रहेका छन् ।

जसमा कोर्चाबाङका सुकप्रसाद बुढामगर ‘झन्कार’, लालबहादुर सार्की ‘बलदेव’, दिलकुमार बुढामगर ‘माइण्ड’, ह्वाका मंगल बुढामगर ‘झरणा’, कोटगाउँका सुन्दर घर्तीमगर ‘कपिल’ र गोविन्द घर्तीमगर ‘विशाल’, भाबाङका दुर्गासिंह घर्ती मगर ‘विकास’, दिपेन्द्र घर्ती मगर ‘सुजन’, कुमारी घर्तीमगर र देउमति विश्वकर्माको मारिनुभएको थियो ।

Facebook Comments