• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सानीभेरी नदीमा र्याफ्टिङको सफल परीक्षण





रुकुम पश्चिम सानीभेरी नदिमा साहासिक पर्यटन अन्तर्गत र्याफ्टिङको सफल परिक्षण गरिएको छ । जिल्ला समन्वय समितिको संयोजन तथा संसकृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमको आयोजनामा जलयात्रा सम्भाव्यता अध्ययन सम्पन्न गरिएको हो ।


सानीभेरी तथा ठुलीभेरी दुबैमा गरिने सम्भाव्यता अध्ययन अन्तर्गत फाल्गुन २५ गते आइतबार सानीभेरी नदिमा गरियो भने २६ गते सोमबार ठुलिभेरी नदीमा गरिने कर्यक्रमका आयोजक संसकृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमका अध्यक्ष पहलसिंङ घर्तीमगरले बताउनु भयो ।
आइतबार बाँफिकोट गाउँपालिकाको छिनखेतबाट सुरु गरिएको र्याफ्टिङ जलयात्रा सानीभेरी गाउँपालिकाको चाइनाबगर सम्म सफलता पूर्वक सम्पन्न गरिएको छ ।

रुकुम पश्चिमका बाँफिकोट गाउँपालिका¸ मुसिकोट नगरपालिका¸ सानीभेरी गाउँपालिका¸ चौरजहारी नगरपालिका र आठविसकोट नगरपालिका गरी ५ वटा नदीसंग जोडिएका स्थानिय तहको आर्थिक सहयोगमा कर्णाली र्याफ्टीङ एण्ड एड्भेन्चर प्रालिको प्राविधिक सहयोगमा संचालन गरीएको सम्भाव्यता अध्ययनको जलयात्रामा रुकुम पश्चिम जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा¸ नेपाल कम्युनिष्ट पार्टि (नेकपा) केन्द्रिय सदस्य बशन्त शर्मा¸सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन¸ उपाध्यक्ष इन्दिरा ओली¸ नेपाल कम्युनिष्ट पार्टि (नेकपा) गाउँकमिटी अध्यक्ष टेक बहादुर पुन लगाएतको टोली जलयात्रामा सहभागी भएका थयो ।


पूर्ववाट पश्चिम तिर बग्ने सानीभेरी नदी र नदिको किनार किनारै भएर पूर्व पश्चिम मध्यपहाडि लोकमार्गले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्धन गर्ने अधिक सम्भावना भएकाले र्याफ्टीङको आवश्यकता महशुस भइ परिक्षण थालिएको संसकृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमका अध्यक्ष घर्तीमगरले बताउनु भयो ।

सानिभेरी नदिमा जलयात्रा गर्न र यसलाई नियमित गराउन आफु र आफ्नो स्थानीय तहले प्रकृया अघि बढाउने सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताउनु भयो । सानीभेरि नदिमा जतिवेला पनी जलयात्रा गर्न उपयुक्त रहेको जलयात्रामा सहभागी प्राविधिक टिमले बताएका छन् ।

Facebook Comments