कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासमा विचौलिया हाबी भएकाले समस्या परेको बताउनुभएको छ ।
विकासका लागि दिइने बजेट, माग गरिने योजनामा स्वार्थसिद्धिका लागि लाग्नेहरु घुसेका कारण अपेक्षाकृत विकास हुन नसकेको मुख्यमन्त्री शाहीको दाबी छ । आज रुकुम पश्चिमको जिल्ला सभा तथा समीक्षा गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विकास र समृद्धिको बाधक भनेको योजना माग्ने र दिनेहरु नै देखिएको बताउनुभयो ।
विस्तृत परियोना प्रतिवेदनभन्दा पनि मन लागेको विकास माग्ने गरिएको भन्दै उहाँले दिनेले पनि मनपरिरुपमा दिंदा समस्या आएको बताउनुभयो ।
योजना र बजेट दिने त्यसको प्रभावकारी अनुगमन नहुँदा पनि समस्या भएको उहाँको भनाइ छ । योजना र बजेट मागिएको ठाउँको अनुगमन गर्दा कतै योजना नै नभएको कतै थोरै मात्रै काम गरेर अलपत्र छाडिएको पाइएको भन्दै उहाँले कतै कम लगानीमा बन्नुपर्ने योजनमा पनि धेरै बजेट मागगर्ने र दिने गरेको समेत पाइएको जानकारी दिनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
