प्राधानमन्त्री केपि शर्मा ओलिको दोस्रो पटक हुन लागेको मृगौला प्रत्यारोपणलाई लियर सिघ्रस्वास्थ्य लाभको कामना गर्दै अनेरास्ववियु दाङ जिल्ला कमिटीले बिजौरिमा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।

अनेरास्ववियु दाङ जिल्ला संयोजक जंग रोकाको अध्यक्षता तथा ,नेपाल कम्युनिस्ट पाटी नेकपा प्रदेश नम्बर ५ का सदस्य टोपेन्द्र केसि को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा नेपाल कम्युनिस्ट पाटी नेकपा दाङ जिल्ला सचिवालय सदस्य देबराज बिश्वोकर्मा,युवा सङ नेपाल केन्द्रिय सदस्य माधब ओलि,अनेरास्ववियू केन्द्र सदस्य सन्तोष पोख्रेल,अनेरास्ववियू दाङ जिल्ला सहसंगयोजक सर्जन परिवार ले आफ्ना भनाइ राख्नु भयको थियो कार्यक्रममा नेपाल सरकार का प्रधानमन्त्री केपि शर्मा ओलि लाई सिघ्र स्वास्थ्य लाभको कामना तथा देशमा केपि ओलि जस्तो प्रधानमन्त्री आवश्यक रहेको र प्रत्यारोपण पश्च्यात पुनः काममा फर्किने कुराको कामना गरियको थियो।

कार्यक्रम को सहजिकरण गोबिन्द बस्नेत ले गर्नुभएकोथियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
