रोल्पामा कच्ची तथा पक्की सडकका लागी निर्धारण गरिएको सवारी भाडादर कार्यान्वयनमा आउँन सकेको छैन।गत कार्तिक ३ गते जिला प्रशासन रोल्पाले कच्ची सडकमा बसका लागि प्रति किलोमीटर सात रुपैयाँ र पक्कि सडकका लागि प्रति किलोमीटर साढे दुई रुपैयाँ भाडादर निर्धारण गरेको हो।
भाडादर निर्धारण गरेको महिनौँ समय बितिसक्दा पनि यात्रुले भने निर्धारित भन्दा बढी भाडा तिर्न बाध्यता रहेको गुणासो गर्न थालेका छन्।होलेरी देखि दहबन सम्मको दुरि जमा ५ किलोमीटरको छ।यो बिचमा करिब डेढ कि.मी.सडक कालोपत्रे भैसकेको छ।बसको हकमा जिल्ला प्रशासनले निर्धारण गरेको भाडा अनुसार यात्रुले बढिमा ३० रुपैयाँ भाडा तिर्नुपर्ने हो।
तर अहिले होलेरी दहबनका लागि नियम बिपरित ५० रुपैयाँ दिनुपर्ने बाध्यता रहेको दहबन स्थित रबिलाल खड्काले गर्नुभयो।”भाडादर घट्यो भन्ने सुनेको आज पनि होइन।तर होलेरी बाट दहबन आउँदाजाँदा हामिसङ्ग गाडिवालाले उहीँ पहिलेकै भाडा ५० रुपैयाँ नै माग्छन्-उहाँले भन्नुभयो।भाडादर घटेको होइन र धेरै किन दिने भन्ने प्रश्न गर्दा कयौँ पटक गाडीबाट झर भनेको पिडा सोही ठाउँका कृष्ण थापाले सुनाउनु भयो। त्यस्तै होलेरी देखि सैबाङ सम्मको दुरि जम्मा ६ कि.मि.को छ।
त्यसमा पनि करिब ३ कि.मि.सडक पक्कि नै छ।तर यात्रुले बढीमा ३० रुपैयाँ भाडा तिर्नुपर्नेमा ४० रुपैयाँ भाडा माग्ने गरेको सैबाङका शिक्षक बसन्त डाँगीले गुणासो गर्नुभयो।यि त केबल प्रतिनिधि उदाहरणमात्र हुन रोल्पाका विभिन्न ठाँउहरुमा यात्रा गर्ने यात्रुले यहि समस्या भोग्दै आइरहेका छन्।
भाडादर निर्धारण गरे पनि कर्यान्वयन गराउन नसक्नुले जिल्ला प्रशासन रोल्पाको निर्णय कागजमा मात्र सिमित भएको पत्रकार एल.बि. मगरले आरोप लगाउनु भयो।उहाँले भन्नुभयो चर्को भाडा अशुलिएको देख्दा वा कहिँलेकाहीँ स्वंम म आफू पनि यो समस्या भोगेको हुँदा यो बिषयमा मैले जिल्ला प्रशासन रोल्पाको ध्यानाकर्षण गराएको थिए।
त्यसपछि जिल्ला प्रशासनले बैठक बसेर नियमअनुसारको भाडादर निर्धारण गर्यो।तर प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेन।अझै यात्रुलाई उस्तै समस्या छ।निर्णय गर्ने तर नियमन नगुर्नुले जिल्ला प्रशासनको यो निर्णय कागजमा मात्रै सिमित रह्यो।
जिल्ला प्रशासन रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आफुहरुले भाडादर निर्धारण गरिसकेकाले कार्यान्वयन गराउने जिम्मा स्थानिय सरकार र प्रशासनको रहेको बताउँनुभयो।उहाँले भन्नुभयो “यस अघि नै हामीले विभिन्न सरोकारवाला निकायसङ्ग बैठक बसेर उचित भाडादर कायम गरि सकेका छौँ।यसमा हामी चुकेका छैनौँ।
अब त्यसलाई कार्यान्वयन गराउने पाटो स्थानिय सरकार र प्रशासनको हो।हामिले उहाँहरुलाई बारम्बार निर्देशन पनि दिएका छौँ।”साथै यात्रुसङ्ग चर्को भाडा अशुल्ने समस्या छ भने तत्काल नजिकको प्रहरी प्रशासनलाई जानकारी गराउँन समेत उहाँले सबैमा आग्रह गर्नुभयो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
