घोराही उपमहानगरपालिका ६ बेरुवा निवासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पार्टी सदस्य गंगाराम घर्तीको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।
नेकपा घोराही ६ को आयोजनामा श्रद्धाञ्जलीसभा भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्यले धर्म संस्कृतिलाई समाजअनकूल बनाउँदै लैजानुपर्ने बताउनुभयो । समाज विकास धेरै अगाडि बढे पनि कतिपय संस्कार र संस्कृतिहरु धेरै पुराना रहेकाले समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले कम्युनिष्ट पार्टीका सबै नेता, कार्यकर्ता तथा सदस्यहरु अनिवार्य श्रमसँग जोडिनुपर्ने बताउनुभयो । उहाँले श्रममा जोडिनु कम्युनिष्ट पार्टीका सदस्यहरुको आधारभूत कर्तव्य भएको बताउनुभएको हो । गंगाराम घर्ती एक इमान्दार कम्युनिष्ट भएको उल्लेख गर्दै आचार्यले उहाँ श्रम र सीपकै माध्यमबाट आँफूलाई असल कम्युनिष्ट बन्न सफल भएको उल्लेख गर्नुभयो ।
पार्टी वडा अध्यक्ष खलुप्रसाद पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा दाङका सचिवालय सदस्य खिमबहादुर चौधरी, जिल्ला सदस्य बसन्त चौधरी, वडा कमिटि सचिवालय सदस्य कृष्ण भुसाल र वडा सल्लाहकार सुन्दर चौधरीले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव लौटन चौधरीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
