• २४ कार्तिक २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जनताको अगाडि कसैको केही लाग्दैन, म जनताको साथमा छुः महरा




पूर्वसभामुख कृष्णबहादुर महराले जनताको तागतका अगाडि कसैको केही नलाग्ने बताउनुभएको छ ।

मुद्दा जितेपछि पहिलोपटक निर्वाचन क्षेत्र दाङ आएका महराले भन्नुभयो– ‘म तीन महिरा भूमरीमा परें। अहिले छुट्कारा पाएको छु। कसैले षड्यन्त्र गर्दैमा गलत कुरा सही हुन सक्दैन,’ उनले भने, ‘अन्तमा मैले न्याय पाएको छु। यो मेरो जीत होइन, तपाईं जनताहरुको हो।’


आफू दाङ आउँदा यति धेरै स्वागत र सम्मान होला भन्ने नसोचेको उल्लेख गर्दै दाङ २ का सांसद महराले थप्नुभयो– ‘बाटैभरी मलाई यति धेरै स्वागत भयो। मैले यस्तो हुन्छ भन्ने सोचेको थिइनँ। म जनताको साथमै छु। दाङको विकासका लागि कटिबद्ध छु । म नेपाली हुँ, राष्ट्रवादी हुँ। राष्ट्रिय स्वाधिनताका लागि मेरो शिर सधैं ठाडो हुन्छ।’

आफू जनताको बीचमा आएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘जनताको तागतको अगाडि कसैको केही लाग्दैन। मलाई जनताको साथ छ। यही नै ठूलो कुरा हो।’

Facebook Comments