• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश एक्स्पोको दाङमा भव्य शुभारम्भ




प्रदेश एक्स्पो २०७६ को शनिवार दाङको बेलझुण्डीमा भव्य उद्घाटन गरिएको छ । प्रदेश सरकार र प्रदेशवासीलाई जोड्ने उद्देश्यका साथ प्रदेश सरकारले यो बर्षदेखि शुरु गरेको प्रदेश एक्स्पोलाई प्रदेश सरकारकै पहिलो अभ्यासका रुपमा दाङमा शुरु गरिएको हो ।

‘प्रदेशको प्रतिबद्धताः समृद्ध प्रदेश, खुशी जनता’ भन्ने मूल नाराका साथ तीन दिनसम्म चल्ने एक्स्पोको मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको हो । स्वस्तिकवाचनको मंगलध्वनिका बीच दीप प्रज्वलन गरेर उहाँले एक्स्पो उद्घाटन गर्नुभएको थियो ।

उहाले उद्घाटन गर्दै प्रदेश एक्स्पोले प्रदेश भित्र रहेका विविधतालाई नजिकबाट चिन्ने अवसर प्रदान गरेको बताउनुभयाे ।

उहाले प्रदेश पाँचले हरेक दृष्टिमा अगुवाइ गरेकाे बताउनुभयाे। ‘आवधीक योजना निर्माणमा होस, या कानुन निर्माणमा, बजेट खर्च गर्ने दृष्टिमा होस प्रदेश सकरार अरु प्रदेशको तुलनामा अघीरहेको छ’उहाले भने–‘हामी प्रदेश ५ लाई नमुना प्रदेशको रुपमा अघी बढाउन चाहन्छौं । सोही दिशामा कार्यक्रमहरु भैरहेका छन् ।’

आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा १२ जिल्लाका स्थानीय तह तथा जिल्ला स्तरबाट आएका झाँकी प्रदर्शन गरिएको छ । तीन दिन सम्म चल्ने एक्स्पोमा स्टल राखेर नविनतम प्रविधिको प्रदर्शन गरिएकाे छ। कार्यक्रममा स्वागत तुलसीपुर उपमहानगरपालिकका प्रमुख घनश्याम पाण्डेले गर्नुभएकाे थियाे ।

पाल्पाको लाखे नाच, प्युठानको डल्ले सराँय, बर्दियाको थारु मयुर नाच, रोल्पाको लहरे पैसरी नाच, रुकुम पुर्वको लोपन्मुख ढोङ्गे नाच, गढवा र राजपुर गाउँपालिकाले अवधि संस्कृति नाच लगायत विविध खालका झाँकि प्रदर्शन गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरीले विशेष प्रस्तुति प्रदर्शन गरेका छन । आज उद्घाटन भएको एक्स्पो सोमबार सम्म चल्ने छ ।

कार्यक्रमका अध्यक्ष, एक्स्पो आयोजक मूल समारोह समितिका संयोजक एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले प्रतिकूल मौसमका बीचमा उल्लेख्य सहभागिता जनाएर उद्घाटन भव्य बनाउन सहयोग गर्ने सबैर्लाइ धन्यवाद दिनुभयो ।

स्वागत गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले यो एक्स्पोको चिनो रहने गरी दिगो एक्स्पो हल र स्टल बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Facebook Comments