• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रनिङ शिल्ड सूर्योदय मावि वेल्टापूको हातमा




रुकुम पश्चिम सानीभेरी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपती रनिङ शिल्ड सानीभेरी गाउँपालिका ३ स्थित श्री सूर्योदय मावि वेल्टापूले हात पारेको छ । सानिभेरी गाउँपालिका भित्रका ११ विद्यालय मध्य १० विद्यालयलाई पछी पार्दै सूर्योदय मावि वेल्टापूले शिल्ड हात पारेको हो ।


विभिन्न ७ विधाका खेलहरुमध्य सूर्योदय माविले ६ स्वर्ण¸२ रजत र ५ कास्य जितेर विजेता भएको हो भने जनज्योती मा.वि. सानीभेरी ५ मेलचौरले ४ स्वर्ण¸३ रनत र २ कास्य जितेर उपविजेता बनेको छ । त्यस्तै सानीभेरी मावि सानिभेरी ४ बलिबाङले ४ स्वर्ण¸३ रजत र १ कास्य जितेर तृतिय स्थान हाँसिल गर्यो भने जनप्रिय मावि हासिबाङ सान्त्वनामा चित्त बुझायो ।


गत फाल्गुन ४ गते बाट श्री राप्ती ज्ञानोदय मावि सिम्लीको खेलमैदानमा संचालन भएको सानिभेरी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपती रनिङ शिल्ड ८ गते पुरस्कार वितरण गरी समापन भएको हो । समापनमा गाउँपालका अध्यक्ष नरबहादुर पुनले विजेता टिमलाई बधाई दिदै गाउँपालिका भित्रका सबै ११ ओटै विद्यालयलाई अर्को वर्ष विजेताको लागि तयारी गर्ण शुभकामना दिनुभएको छ ।


रनिङ शिल्डमा छात्र/छात्रा दुबै तर्फको भलिबल¸ कबड्डी¸ हाइजम्प¸ लङ्गजम्प¸ त्रिपलजम्प¸ सटफुट र दौडमा ४०० मिटर¸८०० मिटर १५०० मिटर र ३००० मिटरको प्रतियोगिताहरु संचालन भएका थिए ।

Facebook Comments