• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा यसरी हुँदैछ प्रदेश एक्स्पोको तयारी (फोटो फिचर)





फागुन १० देखि १२ गतेसम्म दाङको बेलझुण्डीमा हुने प्रदेश एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ ।


प्रदेश एक्स्पोको तयारीबारे जानकारी लिन बुधवार बेलझुण्डीमा गरिएको विभिन्न समिति र उपसमितिहरुसँगको समीक्षा बैठकमा सबै उसमितिहरुले तयारी अन्तिम चरणमा पुगेको बताए ।


प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री एवं मूल समारोह आयोजक समिति संयोजक कुलप्रसाद केसी ‘सोनाम’को अध्यक्षतामा बसेको बैठकमा एक्स्पो सचिवालयका प्रमुख विनयकुमार पोख्रेलले अधिकांश तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।


प्रमुख जिल्ला अधिकार तथा सुरक्षा यातायात उपसमितिका सयोजक गोविन्दप्रसाद रिजालले यातायात ब्यवस्थापन र सुरक्षाको काम प्रभावकारी बनाइने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ट्राफिक ब्यवस्थापन, सरसफाइ ब्यवस्थित गरिएको जानकारी दिंदै उद्घाटन भव्य बनाउन जनपरिचालनको तयारी पनि भइरहेको बताउनुभयो ।


बैठकमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री एवं मूल समारोह आयोजक समिति संयोजक कुलप्रसाद केसी ‘सोनाम’ले प्रदेश एक्स्पोबाट प्रदेश समृद्धिको झलक दिनुपर्ने बताउनुभयो । ‘एक्स्पोमा हाम्रो प्रस्तुति कस्तो रहने भन्ने सवाल प्रदेशको समृद्धिसँग पनि जोडिएको छ’– उहाँले भन्नुभयो– ‘यसले प्रदेश समृद्धिको झलक दिनुपर्छ ।’


प्रतिनिधिसभा सदस्य सुजिता शाक्यले एक्स्पो दाङको अवसर र चुनौतिको रुपमा रहेको बताउँदै सबै घरबाट नागरिक आउने वातावरण मिलाउनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समन्वय समिति दाङका प्रमुख एवं मूल समारोह ब्यवस्थापन तथा कार्यक्रम सञ्चालन उपसमितिका संयोजक जितेन्द्रमान नेपालीले एक्स्पोको तयारी प्रभावकारीरुपमा अघि बढिरहेको जानकारी दिनुभयो ।

Facebook Comments