• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तेस्रो मौराखारा गुरिल्ला म्याराथनको तयारी पूरा




रुकुम पश्चिम सानीभेरी गाउँपालीकाले ऐतिहाँसिक जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथनको आयोजना गर्दै आएको छ । यस वर्ष तेस्रो संसकरणको म्याराथनमा महिलाको प्रतियोगिता थप गरिएको छ भने पहिलेको तुलनामा म्याराथनको दुरी पनि बढाइएको छ ।

गाउँपालिकाले यस वर्षको गुरिल्ला म्याराथनमा पुरुष तर्फको म्याराथनको लागी ४६ किलोमिटर को दुरी निर्धारण गरेको छ भने महिला तर्फको म्याराथनमा ३४ किलोमिटरको दुरी निर्धारण गरेको छ । सानीभेरी गाउँपालिकाको प्रांगनबाट सुरु भएर पूर्व तिरको मध्यपहाडी लोकमार्ग हुदै मुसिकोट नगरपालिकाको छिवाङ जिउलाको पुल पार गरी सानीभेरी गाउँपालिका ३ को ज्यामिरे हुदै पेदि बजार पुगेर मौराखारा लेखको उकालो लाग्ने र मौराखारा पुगेर टुरा हुदै चाख्लीमेला बाट ओरालो झरेर जाजरकोट जिल्लाको रिम्ना बाट पुन: सानीभेरी गाउँपालिका १ चाइनाबगरमा पुगेर मध्यपहाडी लोकमार्ग हुदै सानीभेरी गाउँपालिका कार्यालयमा आउनु पर्ने छ ।

त्यस्तै महिला म्याराथनमा सानीभेरी गाउँपालिकाको प्रांगनबाट सुरु भएर पूर्व तिरको मध्यपहाडी लोकमार्ग हुदै मुसिकोट नगरपालिकाको छिवाङ जिउलाको पुल पार गरी सानीभेरी गाउँपालिका ३ को ज्यामिरे हुदै पेदि बजार¸मेघा बलिबाङ¸ झरेर जाजरकोट जिल्लाको रिम्ना हुदै पुन: सानीभेरी गाउँपालिका १ चाइनाबगरमा पुगेर मध्यपहाडी लोकमार्ग हुदै सानीभेरी गाउँपालिका कार्यालयमा आउनु पर्ने छ ।

म्याराथनको पुरुष तर्फको पुरस्कार विजेतालाई ७५ हजार कफ मेडल र प्रमाणपत्र उपविजेतालाई ५० हजार मेडल र प्रमाणपत्र त्यस्रो हुनेलाई ३५ हजार मेडल प्रमाणपत्र प्रदान गरिने छ भने महिला तर्फको पुरस्कार विजेतालाई ५० हजार कफ मेडल र प्रमाणपत्र उपविजेतालाई ३५ हजार मेडल र प्रमाणपत्र त्यस्रो हुनेलाई २० हजार मेडल प्रमाणपत्र प्रदान गरिने छ । सान्तोना २/२ जनालाई १०/१० हजारले सम्मान गरिने आयोजकले बताएको छ ।

पहिलेका वर्षहरुमा फाल्गुन १ गते संचालन हुने गुरील्ला म्याराथन यस वर्ष २ गते हुने आयोजकले जानकारी गराएको छ । म्याराथनकै अवसर पारेर २ र ३ गते बृहत खुल्ला सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ ।

कार्यक्रमको उद्घाटनमा पूर्व गृह मन्त्री तथा प्रतिनिधी सभाका सांसद जनार्दन शर्माले गुर्नुहुने छ भने कर्णाली प्रदेश मन्त्री तथा सांसदहरुको आतिथ्यता रहनेछ ।

Facebook Comments