• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वको सदरमुकाम गोल्खाडा कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शनको तयारी





रुकुम पूर्वको सदरमुकाम गोल्खाडा घोषित भइसक्दापनि त्यहाँबाट प्रशासनिक कामकारवाही सुरु नगरेपछि गोल्खाडा सरोकार समितिले दवावमूलक कार्यक्रमको घोषणा गरेको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरेर रुकुम पूर्वको सदरमुकाम गोल्खाडा कायम भई तत्काल प्रशासनिक कामबारबाही सञ्चालन गर्न दबाब दिने उद्देश्यले काठमाडौंस्थित् रत्नपार्कको शान्तिवाटिकामा शान्ति ¥यालीसहित विभिन्न कार्यक्रम गर्ने घोषणा गरेको हो ।

समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,– ‘नेपाल सरकारले ५ नम्बर प्रदेशअन्तर्गतको नयाँ जिल्ला रुकुम पूर्वी भागको सदुरमुकाम अर्को व्यवस्था नभएसम्म हाललाई भनि अस्थायी रुपमा रुकुमकोट तोकिएकोमा पछि २०७४ साल माघ ११ गते नेपाल सरकारको मन्त्रिपरिषदबाट पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर १२ गोल्खाडालाई सदरमुकाम तोक्ने कार्य भएको हो ।

पछिल्लो निर्णयको विरुद्धमा रुकुमकोट निवासी केही व्यक्तिहरुले सम्मानित सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो । प्रारम्भिक सुनुवाईको क्रममा पछिल्लो निर्णय हाललाई कार्यान्वयन नगर्नु भनि अन्तरिम आदेश जारी भई हाल संवैधानिक ईजलाशमा विचाराधिक अवस्थामा रहेको छ । हाल आगामी २९ गतेलाई पेशी तारेखसमेत तोकिएको अवस्था छ । सुनुवाईको क्रममा रहेको उक्त रिट खारेज गरी सरकारको अन्तिम निर्णय कार्यान्वयनको लागि जोडदार माग गर्दछौं ।’
सरोकार समितिका संयोजक केशरमान रोका मगरले गोल्खाडा सदरमुकाम घोषणा भएको दुई वर्ष पूरा भइसक्दा पनि अदालतको रिटले अल्झाउने कार्य भएको गुनासो पोखे ।

उनले भने,‘रुकुम पूर्वको मध्यक्षेत्र गोल्खाडा सरदुमुकाम घोषित भइसकेकाले यसको विकल्प छैन, तत्काल प्रशासनिक कार्य शुरु हुनुपर्छ ।’ अस्थायी रुपमा अन्य स्थानबाट प्रशासनिक कार्य भइरहेकोमा पनि उनले आपत्ती जनाए । घोषित सरदमुकामबाट कामकाज शुरु नगरेपछि दबाबमुलक कार्यक्रममा जान बाध्य भएको उनको भनाई छ ।


उनकाअनुसार कार्यक्रममा शान्ति ¥याली, कोण सभालगायत हुनेछन् । नयाँ संविधान जारी भए पश्चात नयाँ जिल्ला रुकुम पूर्वको जन्म भएको हो । गोल्खाडामा ८० प्रतिशत मगर जाती भएकाले यसलाई सदरमुकाम बनाउँदा उचित हुने उनको भनाई छ । यसै सन्दर्भमा उनले सरकार र सर्वेच्च अदालतको ध्यानाकर्षण गराउन सम्पूर्ण मगर समुदायलाई शान्ति ¥यालीमा भाग लिन पनि आग्रह गरेका छन् ।

त्यसैगरी कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष तथा आदीवासी जनजाती महासंघका प्रवक्ता नवीन रोकाले रुकुम पूर्वको सदरमुकाम उपयूक्त ठाँउमा राख्न जरुरी रहेको बताए । उनले भने,‘सर्वोच्च अदालतको फैसला रुकुमवासीको हकमा हुनेछ ।’ गलत फैसलाले न्यायालयमाथिनै प्रश्न खडा हुनसक्ने उनले औँल्याए । गलत निर्यण गरेमा अर्को विद्रोह सिर्जना हुनसक्ने चेतावनी समेत उनले दिएका छन् । ‘यसको जिम्मेवारी सरकारले लिनुपर्ने हुन्छ । एकताबद्व ढंगले अघि बढ्न जरुरी छ।’–उनले भने ।
त्यसैगरि कार्यक्रममा आदिवासी जनजाती महासंघका अध्यक्ष जगत बरामले थुप्रै मानिसको सहादतले मुलुकले संघीयता प्राप्त गरेको सुनाउँदै रुकुम पूर्वको मध्य क्षेत्रलाई सदरमुकाम बनाउन जरुरी रहेको स्पष्ट पारे ।
संघीयताको प्रतिनिधित्व रुकुमपूर्वको सदरमुकाम गोल्खाडाले गर्ने उनको भनाई छ । उनले भने,‘त्यहाँका वासिन्दाहरुको मर्म बझेर सरदमुकाम तय गर्न सर्वेच्चलाई आग्रह गर्न चाहन्छु ।’ उनले रुकुमपूर्वको सरदमुकाम गोल्खाडा नै उपयूक्त हुने दोहोर्याए । केन्द्रीकृत शाषणले राज्य नचल्ने उनको भनाई थियो । जनताको अधिकार जनतालाई दिएमा राज्यले विकास गर्न सक्ने उनको तर्क छ ।
त्यसैगरी कार्यक्रममा सरोकार समितिका सदस्य ध्रुव पुन (गुमाने) ले रुकुम पूर्वको सदरमुकाम गोल्खाडा हुनुपर्ने भन्दै सम्पूर्ण मगर समुदायलाई मंगलबार शान्तिवाटीकामा सहभागी हुन आह्वान गरे । उनले प्राशासनिक सुविधाको लागि सदरमुकाम गोल्खाडा उचित हुने बताए । गोल्खाडा सदरमुकाम भए सम्पूर्ण रुकुमवासीलाई सहजता हुने समेत जनाए ।


समितिले थप भनेको छ,‘जिल्ला पूर्वी रुकुमको उत्तरी भागमा सिस्ने, पुथा, दोगाडी, निम्कु, सामजाङ, हिमाल रहेका छन् । उक्त हिमालहरुको उचाई ६ हजार देखि ७ हजार २ सय ४६ मिटरसम्म रहेको छ । उक्त हिमालहरुको फेदमा समेत मानव बस्ती, झार्लुङ, गुडबाङ, हिम, पेल्मा, जुनाङ, रलतिज्याङ, घुदुङ् गाउँहरु रहेका छन् ।

उल्लेखित गाउँहरुबाट दक्षिण सीमा रुकुमकोट, जो अहिलेको अस्थायी मुकाममा आईपुग्न चार दिनको यात्रा तय गर्नुपर्ने हुन्छ भने स्थायी मुकाम गोल्खाडा आईपुग्न २ दिनमात्रै लाग्छ । यही भौगोलिक जलिटतालाई हेरेर सबै जिल्लाबासीहरुको समान सुगमताका लागि पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर १२ गोल्खाडालाई सदरमुकाम तोक्ने निर्णय मन्त्रिपरिषदबाट भएकोमा जिल्लावासीहरुको समेत विमती छैन् । कानूनी तथा व्यवहारिक साथै बहुसंख्यक जनताको अपेक्षा पूरा गर्ने हाम्रो अभियानलाई साथ, सहयोगको लागि विनम्र अनुरोध गर्दछौं ।’

Facebook Comments