• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आइटिएफ तेक्वान्दो दाङको अध्यक्षमा थापा




दाङ जिल्ला नेपाल आईटिएफ तेक्वान्दो संघको अध्यक्षमा भिमबहादुर थापा चयन हुनुभएको छ ।
संघले शनिबार घोराहीमा साधारण सभा तथा दोस्रो अधिबेशन कार्यक्रम गरि थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बाचित गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा आकाश बिश्वकर्मा, उपाध्यक्षमा भुपेन्द्र रोकामगर,सचिबमा मधुसूदन पन्त, कोषाध्यक्षमा झकमा बिस्ट, सदस्यहरु एलिस नेपाली, नारायणप्रसाद भण्डारी, लेखनाथ बुढाथोकी, कमल बिसी,सरिता नेपाली, राजेस्वरी चौधरीले ,कृष्ण थापा र किरण महतरा निर्वाचित हुनुभएको छ ।


दोस्रो अधिबेशनले रमेशकुमार पाण्डे र केशव गिरीलाई संघको सल्लाहकारमा चयन समेत गरेको छ । दाङ जिल्ला नेपाल आईटिएफ तेक्वान्दो संघका अध्यक्ष प्रेम बुढाथोकीको अध्यक्षता एबम जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका १५ न।वडा अध्यक्ष रमेशकुमार पाण्डे, आइटिएफ ५ नम्बर प्रदेश प्रमुख बिरेन्द्र शाही, खेलकुद बिकास समिति दाङका प्रतिनिधि सन्तोष चौधरीले , अर्जुन पन्थीलगाएतले शुभकामना दिनुभएको थियो ।


संघका उपाध्यक्ष भिम बहादुर थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सल्लाहकार केशव गिरीले गर्नुभएको थियो ।

Facebook Comments