• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम डबल ब्याडमिन्टनको उपाधि एपिएफलाई





रुकुम खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि विभागिय शसस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ । मुसीकोट खलंगामा आज भएको फाइनलमा गत वर्षको पहिलो संस्करणको विजेता सुर्खेतको खगेन्द्र खत्री र नगेन्द्र थापामगरको जोडिलाई पराजित गर्दै एपिएफका निराजन देवकोटा र विशाल प्रधानको जोडिले उपाधि जितेको हो ।

फाईनल खेल २–० को सोझो सेटमा जितेको एपिएफले ट्रफि र मेडल सहित नगद ५१ हजार पुरस्कार जित्यो । उप–विजेता खत्री र थापाको जोडिले नगद ३१ हजार, ट्रफि र मेडलमा चित्त बुझाउँदा सेमिफाईनलमा पराजित सुर्खेतको कृष्ण रानामगर र युवराज गुरुङ तथा बुटवलको विनोद पौडेल र राजु थापाको जोडिले सान्त्वनामा चित्त बुझायो ।

सान्त्वना हुने दुई जोडिले नगद ११÷११ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढामगरले जानकारी दिनुभयो । दाङका हिमान्सु कुँवर प्रतियोगिताका उत्कृष्ट खेलाडि घोषित हुँदा रुकुम पश्चिमका सुदिप थापा उदाउदो खेलाडि घोषित हुनुभयो । उहाँहरुलाई नगद २ हजार, मेडल, ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

माघ २२ गतेबाट सुरु भएको प्रतियोगितामा प्रतिस्पर्धाका लागि रुकुम पश्चिम र पूर्व सहित जाजरकोट, सल्यान, सुर्खेत, दाङ, बाँके, रुपन्देहि, काठमाडौं लगायतका जिल्लाबाट ६१ टोली रुकुम पश्चिम पुगेका थिए । नेपाल भ्रमण वर्ष २०२० र घुमौं कर्णाली कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने र व्याडमिन्टनको विकासमा टेवा पुर्याउने उद्ेश्यले जिल्ला ब्याडमिन्टन संघले प्रतियोगिता आयोजना गरेको हो ।
जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढाको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमको प्रमुख र नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरविर खड्काको विशेष आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा प्रतियोगिता संचालनका लागि सहयोग गर्ने सहयोगि दाताहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो । कार्यक्रमको संचालन जिल्ला ब्याडमिन्टन संघका सचिव मनिष खड्काले गर्नुभएको थियो ।।

Facebook Comments