• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा




रुकुम खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । विभिन्न जिल्लाका ६१ वटा टीमले सहभागिता जनाएकामा सुर्खेतको खगेन्द्र थापा र नगेन्द्र थापामगर तथा युवाराज गुरुङ र कृष्ण रानामगर सेमिफाइन प्रवेश गरेका छन् ।

त्यस्तै बुटवलको विनोद पौडेल र राजु थापा तथा शसस्त्र प्रहरी बल एपिएफको निराजन देवकोटा र बिशाल प्रधानको जोडि पनि प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेकोल छ ।

सेमिफाईनलमा सुर्खेतका दुइ जोडि र बुटवल र एपिएफको जोडिले प्रतिस्पर्धा गर्ने छन् । सेमिफाईनल र फाईनल खेल भोलि बिहान हुने छ । प्रतियोगितको विजेताले नगद ५१ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

त्यस्तै उप–विजेताले नगद ३१ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा सान्त्वना दुइ टोलीले नगद ११÷११ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।

नेपाल भ्रमण वर्ष र घुमौं कर्णाली कार्यक्रममा सफल पार्न सहयोग गर्ने र जिल्लाको ब्याडमिन्टन विकासका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष अनिल बुढामगरले जानकारी दिनुभयो ।

Facebook Comments