• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यो बर्षको रास्ट्रपति रनिङ शिल्ड सहिदस्मृतिमा, तयारी तीब्र





तुलसिपुर उपमहानगरपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को तयारी लाई तिब्र पारिएको छ ।


तुलसिपुर उपमहानगरपालिका को आयोजना तथा सहिद स्मृति आबासिय बिधालय तुलसिपुर १७ बनकट्टी को संयोजनमा यहि माघ २४ गते देखि सुरु हुने प्रतियोगिता को तयारी स्वरुप खेलमैदान मर्मत,ट्रयाक एण्ड फिल्ड निमार्ण,आर्थिक तथा प्राबिधिक ब्यबस्थापन,प्रचार प्रसार लगाएत कार्य लाई तिब्र पारिएको प्रतियोगिता का सचिवालय सदस्य माधव महरा ले जानकारी दिए ।


तीन दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल,कबडी, छात्र/छात्रा,ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र / छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र/छात्रा बिच कडा प्रतिस्पर्धा हुने महरा ले बताए ।


प्रतियोगितामा तुलसिपुर नगर क्षेत्र का सामुदायिक तथा निजि बिधालय को सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र/छात्रा ले मात्र भाग लिन पाउनेछ्न् ।


यसैबिच प्रतियोगिता को सयोजनको जिम्मा पाएको सहिद स्मृति आबासिय बिधालय ले प्रतियोगिता मा सहभागी हुने बिधालय लाई माघ २३ गते सम्म खेलाडिहरु को सम्पुर्ण बिवरण प्रतियोगिता स्थल एवं सचिवालय मा पेश गर्न आग्रह समेत गरेको छ ।

Facebook Comments