• २० कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपाका नेताहरु डेलिगेसनमाः तुलसीपुरमा इन्धन डिपो स्थापनाका लागि पहल





नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका नेताहरुले विभागीय मन्त्रीहरुलाई भेटेर जिल्लाको विकासका लागि पहल गरेका छन् । सो क्रममा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले यही बर्ष दाङलाई पूर्ण विद्युतीकरणको जिल्ला बनाउने बताउनुभएको थियो ।


अहिले दाङका धेरै ठाउँमा विद्युत पुगे पनि नाका क्षेत्र र पहाडी क्षेत्रमा समस्या रहेको औल्याउँदै उहाँले ती क्षेत्रमा पनि यो बर्ष विद्युत पु¥याइने बताउनुभयो । सबै ठाउँमा विद्युत पु¥याएर दाङलाई पूर्ण बिद्युतीकरण जिल्ला घोषणा गरिने उर्जामन्त्रीले जानकारी दिएको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका नेकपा दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिनुभयो ।


प्रतिनिधिमण्डलले राप्ती, बबइ, सानाखोलालगायतका तटबन्ध, डीपबोरिङ र ट्यूबेलका योजनालाई प्राथमिकता दिन मन्त्रीसँग आग्रह गरेको र मन्त्रीले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि गौतमले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री पुनसँग नेताहरुले माडी–दाङ डाइभर्सन अघि बढाउन आग्रह गरेका थिए । जवाफमा मन्त्री पुनले चिनियाँ सरकारी कम्पनीसँगको सहकार्यमा माडीमा जलविद्युत आयोजनाको काम शुरु भइसकेको र यसलाई दाङ डाइभर्सनमा जोड्ने प्रक्रिया पनि यसै बर्ष अध्ययन अघि बढाइने बताउनुभएको थियो ।


उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले यही बर्ष नै तुलसीपुरमा आयल निगमको इन्धन डिपो स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दाङको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उहाँले आयल निगमको डिपो स्थापनाका लागि फागुनको तेस्रो साता आफू मन्त्रालय र निगमका अधिकारीसहित दाङ आउने वचन दिएको इञ्चार्ज गौतमले जानकारी दिनुभयो ।

इञ्चार्ज गौतमको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा नेताहरु निर्मल आचार्य, हेमराज शर्मा ‘डायमण्ड’, इन्द्रजीत थारु, दामा शर्मा र नारायणी शर्मा रहनुभएको थियो ।

Facebook Comments