घोराही उपमहानगरपालिका १९ सैघाको पाँचपोखरीमा चराउन ल्याईएका भेडाहरुमा देखिएको प्रकोप नियन्त्रण उन्मूख भएको छ ।

घटना भए पश्चात घोराही उपमहानगरको पशु सेवा शाखा र भेटेनिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्राबिधिक टोलीले निरन्तर उपचार गर्दै आउनुभएको छ ।

रोल्पाको सात दोवाटो देखी पाँच पोखरी आईपुग्दा सम्म २ सय ३० वटा भेडाहरु मरेको भेडापालक पिलम पुनले बताउनुभयो ।

आज भेटेनिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसी, घोराही उपमहानगरको पशु सेवा शाखाका प्रमुख जिवराज पौडेल र वडा सदस्य जंग रोकाको नेतृत्वमा गएको प्राविधीक टोलीले झण्डै २ सय भेडाहरुको उपचार गरेको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
