सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनको अध्यक्षमा नवीन पोख्रेल निर्बिरोध चयन हुनुभएको छ। काठमाडौंमा सम्पन्न फाउन्डेशनको प्रथम साधारण सभाबाट पोखरेलको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
फाउन्डेशनको उपाध्यक्षमा ममता शर्मा र अङ्कित लोहनी, महासचिवमा अटल आचार्य, सचिवमा सामना श्रेष्ठ र कला अधिकारी एवं कोषाध्यक्षमा नग्मा माली रहनुभएको छ ।
त्यस्तै सदस्यहरूमा एकराज फुयाल, राजन राई, अञ्जली यादव, पविन कुमार ठाकुर, रोहन रिमाल, महेश श्रेष्ठ, सुजन सापकोटा, सर्मिला घर्तिमगर, सन्दीप पुन, जटिल कार्की, दीपशिखा नाथ, निमप्रकाश केसी, पुजा बुढा र जगत चलाउने रहनुभएको छ ।

जनयुद्धका क्रममा अभिभावकहरुले देश र जनताको पक्षमा गरेको बलिदानलाई सधैं स्मरणीय गराउन आफूहरु संगठित भएको उहाँले बताउनुभयो ।
राज्यलाई सहिद तथा बेपत्ता योद्धाहरुको योगदानको स्मरण गराउँदै अभिभावकविहीन बालबालिकाहरुको शिक्षादीक्षा र भविष्यका लागि पहल गर्न पनि आफूहरुले दबाब दिने पोख्रेलको भनाई छ । तत्कालीन नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय रहेको पेरिसडाँडामा आयोजित साधारण सभाको उद्घाटन ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
