• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाँफिकोटमा खेलकुद समिति गठन





रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले खेलाडीहरु सम्मिलित गाउँपालिका स्तरीय खेलकुद समिति गठन गरेको छ । गाउँपालिका कार्यालयमा भएको खेलाडी, खेलप्रेमी तथा अन्य सर्वसाधारण, युवाहरुको भेलाले १५ सदस्यीय गाउँपालिका स्तरीय खेलकुद समिति गठन गरेको हो ।

३ नम्वर वडाका जनक मल्लको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा ६ नम्वर वडाका किरण कुसारी, १० नम्वर वडाका भुवन विक, सचिवमा २ नम्वर वडाका लालबहादुर केसी, सहसचिवमा ८ नम्वर वडाका तस्बिर सुनार र कोषाध्यक्षमा ४ नम्वर वडाकी शारदा चन्द चयन भएकी छिन् । समितिमा गाउँपालिकाका १० वटै वडाका खेलाडीहरुलाई समेटिएको छ ।

१ जना पछि थप्ने गरी समितिमा हाल पदाधिकारी सहित १४ जना सदस्य छन् । समितिको अन्य सदस्यहरुमा कल्पना दाहाल, सन्देश केसी, प्रेम पुन, दिपाराम खनाल, तारकबहादुर शाही, पूर्णबहादुर ओली, जमुना केसी, श्रृष्टि सुनार लगायत रहेका छन् ।


समिति गठनसँगै जनयुद्ध दिवशको अवसरमा २ नम्वर वडाको पिपलमा लाग्ने जनवादी मेलामा विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ । पूर्व गृह मन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले फागुन २ गते उक्त कार्यक्रमको उद्घाटन गर्ने तय भएको छ । गाउँपालिका भित्रका वडा स्तरी महिला तथा पुरुष भलिबल, मावि तहका विद्यार्थीको वक्तृत्वकला, सटफुट कार्यक्रम गर्ने निर्णय भएको सचिव लालबहादुर केसीले जानकारी दिनुभयो ।

भेलामा गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, उपाध्यक्ष मनकला पुन, प्रमुख प्रशासकीय अधिकृत महेशकुमार गुरुङ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ज्ञानबहादुर खड्का, गाउँपालिका स्तरीय खेलकुद विकास तदर्थ समिति संयोजक चन्द्रबहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments