• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ब्याडमिन्टन प्रतियोगिताका लागि अमेरिका बस्ने नेपालीबाट ५१ हजार सहयोग





रुकुम खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करणमा अमेरिकाबाट पनि सहयोग आएको छ । रुकुम पूर्व र रुकुम पश्चिमका विभिन्न ठाउँ घर भइ अमेरिका रहेका ७ जना युवाले प्रतियोगितामा ५१ हजार नगद सहयोग गरेका छन् ।

रुकुम पूर्व सिस्ने गाउँपालिका–७, नाथिगारका प्रेमबहादुर रावत, ३ नम्वर वडाका नवचन्द्र खड्का, रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, सल्लेका मानसिङ थापा, खलंगाका पूर्ण खड्का, सल्लेकै सञ्जय बोहरा, खलंगाका मनोज केसी र ५ नम्वर वडा सेरीगाउँका खिम ओलीले दोस्रो संस्करणका लागि नगद ५१ हजार सहयोग गर्नु भएको हो ।

देशमा नेपाल भ्रमण वर्ष चलिरहेको र त्यसैसँग जोडेर खेल आयोजना गरिएकाले सानो सहयोग गरेको रावतले बताउनुभयो । यही माघ २२ देखि २५ गते सम्म जिल्ला सदरमुकामको मुसीकोट नगरपालिका–१, बालमन्दिरमा हुने दोस्रो संस्करणको विजेताले पुरस्कार ५१ हजार नगदको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ ।

उपविजेता हुने जोडीले नगद ३१ हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र हात पार्ने छ । सान्त्वना हुने २ जोडीलाई नगद ११/११ हजारको साथमा मेडल र प्रमाण पत्र दिइने आयोजक जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।


अघिल्लो वर्षदेखि थालिएको यो प्रतियोगिता कर्णाली प्रदेशकै सर्वाधिक राशि पुरस्कारको ब्याडमिन्टन प्रतियोगिता भएको दावी आयोजकले गरेको छ । ‘नेपाल भ्रमण वर्ष र घुमौं कर्णाली कार्यक्रममा हाम्रो आबद्धता, रुकुम पश्चिमको विकासमा खेल र खेलाडीको प्रतिबद्धता’ भन्ने नारा सहित प्रतियोगिता आयोजना गरिएको आयोजक जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढा मगरले बताउनुभयो ।

प्रतियोगिताको दोस्रो संस्करणलाई कर्णाली प्रदेशले सुरु गरेको घुमौं कर्णाली र संघीय सरकारको नेपाल भ्रमण वर्ष २०२० सँग जोडिएको अध्यक्ष बुढाले बताउनुभयो । खेल क्षेत्र मार्फत जिल्लाको प्रचार प्रसार गर्ने र बाहिरका मान्छेलाई जिल्ला घुमाउने अर्को उद्देश्य रहेको उहाँको भनाई छ ।

४ दिन चल्ने प्रतियोगितामा देशभरबाट ५० बढी टीम सहभागि हुने अनुमान आयोजकले गरेको छ । ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन यही माघ २२ गते कर्णाली प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले गर्ने कार्यक्रम तय भएको छ ।

Facebook Comments