• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेरास्ववियूका नेताहरुलाई दाङमा स्वागत सम्मान




अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको नयाँ नेतृत्वलाई दाङमा स्वागत गरिएको छ ।


अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस दाङले एक कार्यक्रम गरी जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, विभाग सदस्य तथा जिल्ला संयोजक र सहसंयोजकलाई सम्मान गरेको हो ।


क्याम्पसका विद्यार्थी नेता गिरबहादुर महराको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सचिवालय सदस्य तथा अखिलका पूर्वकेन्द्रीय सचिवालय सदस्य विवेक श्रेष्ठलगायत अतिथितहरुलाई सम्मान गर्नुभएको थियो ।


सो क्रममा संगठनका केन्द्रीय सदस्य सन्तोष पोख्रेल, लेखा समिति सदस्य भीमराज खरेल, जिल्ला संयोजक जंग रोका र सहसंयोजक सर्जन परियारलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, नेकपाका जिल्ला सदस्य तथा संगठनका पूर्वकेन्द्रीय सचिवालय सदस्य वसन्त चौधरी, केन्द्रीय सदस्य सन्तोष पोख्रेल, केन्द्रीय लेखा समिति सदस्य भीमराज खरेल, संगठनका पूर्वजिल्ला अध्यक्षहरु मोहनसिंह सुनार र सुमन रोका, जिल्ला संयोजक जंग रोका र सहसंयोजक सर्जन परियारले बोल्नुभएको थियो ।


शिशिर खड्काको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विराज डिसीले बिषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो भने गणेश खड्काले सञ्चालन गर्नुभएको थियो ।

Facebook Comments