• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गिद्ध रेष्टुरेन्ट अध्ययनमा आउन थाले बिदेशी





दाङको तुलसीपुर १९ स्यालापानीस्थित गिद्ध रेष्टुरेन्टमा अध्ययन गर्न बिदेशी अध्येता आउन थालेका छन् ।


यसैक्रममा फ्रान्सबाट जुली सेम्स गिद्ध रेष्टुरेन्टको अध्ययन गर्न यहाँ आउनुभएको छ । उहाँ एक महिना तुलसीपुर १८ मा बसेर चराको अध्ययन गर्नुहुनेछ । उहाँको मुख्य अध्ययनको केन्द्र गिद्ध रेष्टुरेन्ट नै हुनेछ ।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले स्यालापानीमा गिद्ध रेष्टुरेन्ट सञ्चालन गरेको छ । बृद्ध पशु राखेर मृत्युपछि गिद्धको आहारा हुने गरी गिद्ध रेष्टुरेन्ट सञ्चालन गरिएको हो । यस्तै गिद्ध रेष्टुरेन्ट दाङको लालमटियास्थित कालिका समुदाय वनमा पनि राखिएको छ ।

गिद्धसहित पर्यावरण संरक्षणमा यो नौलो कार्यक्रम भएकाले पनि यसका अध्ययनका लागि अन्तर्राष्ट्रिय अध्येताहरुको ध्यान तानिएको छ । ‘अहिले विश्वभरि पर्यावरण संकटमा छ, यहाँ हामीले समुदाय परिचालनमार्फत पर्यावरण संरक्षण गरिरहेको देख्दा अन्तर्राष्ट्रिय अध्येताहरुलाई नयाँ प्रयोग लागेको हुनसक्छ’– केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले भन्नुभयो– ‘अहिले फ्रान्सबाट एक जना एक महिना लामो अध्ययनका लागि आउनुभएको छ भने तीन जना चरा बिशेषज्ञ आइल्याण्डबाट आउँदैछन् ।

स्थानीय सरकारले पनि सहयोग गरेमा यसलाई अझै राम्रो बनाउन सकिने उहाँले बताउनुभयो । स्थानीय जनप्रतिनिधिले पनि चासो दिएका छन् । तुलसीपुर १८ का वडा अध्यक्ष अध्यक्ष माधब ओलीले पर्यटकीय पूर्वाधार निर्माणका लागि उपमहागरको सहयोग रहने बताउनुभयो ।

अध्येतालाई जुलीलाई तुलसीपुर १८ स्थित लक्ष्मी माबिले स्वागत गरेको छ । उहाँले बिहान साझ यस विद्यालयमा अंग्रेजी बोल्न सिकाउनुहुनेछ ।

Facebook Comments