आसन्न संघिय निर्वाचनकालागि युवा तथा खेलकुद मन्त्री
महेश्वर गहतराज ९अथक० बाँकेबाट उम्मेदवार सिफारीस हुनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट
प्रतिनिधिसभाको उम्मेदवार सिफारीस गरेको हो । मन्त्री अथक ०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
हाल युवा तथा खेलकुद मन्त्री रहेका अथक पश्चिम नेपालकै बिकासप्रेमी
नेताका रुपमा स्थापित हुनुहुन्छ । आफ्नो क्षेत्रको विकासमा अहोरात्र
खटिने नेताका रुपमा पहिचान बनाएका अथक मन्त्री भएसँगै उहाँको चर्चा चप लुलिएको छ ।
मन्त्रालय सम्हालेको छोटो समयमै खेलकुद क्षेत्रको
सुधारकालागि थुप्रै नितिगत निर्णयहरु गराउन सफल भएका मन्त्री अथक अन्य पार्टीभित्र पनि राम्रो छवि भएको नेताको रुपमा चिनिनुहुन्छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।