• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धुको बार्षिकोत्सव, प्रतिभा पलायन रोकौंः डा. गिरी





नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष डा. अमर गिरीले प्रतिभा पलायन रोक्न विद्यालय तहबाटै लाग्नुपर्ने बताउनुभएको छ ।

ज्ञानसिन्धु मावि घोराहीको १६ औं बार्षिकोत्सवलाई सम्वोधन गर्दै उहाँले अहिले प्रतिभाशाली बिदेश जाने क्रम बढेकाले यो अवस्था रोक्न विद्यालय तहदेखि नै राष्ट्रप्रेम जागृत गर्नुपर्ने बताउनुभयो ।

‘एकातिर देशभित्र संभावना बढिरहेका छन् तर पनि युवा प्रतिभा घरमा बृद्ध आमाबुवा छाडेर विकसित देशमा जान तँछाडमँछाड गरिरहेका छन्, यो राम्रो संकेत होइन’– उहाँले भन्नुभयो– ‘त्यसका लागि विद्यालय तहदेखि देशप्रेम जगाउनुपर्छ, विद्यालयहरुमा अंग्रेजी त पढाउनुपर्छ तर यसको अर्थ पश्मिाकरण हुनु होइन ।’


विद्यालयका प्राधानाध्यापक हुकुम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ठ अतिथि राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले ज्ञान आर्जनको दायरा फराकिलो भएकाले विद्यालयहरुले फराकिलो सोंचका साथ पठनपाठन गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, साहित्यकार दीपक शर्मा ‘समीर’, अभिभावक प्रकाश साउदलगायतले बोल्नुभएको थियो ।

विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए ।

उनीहरुले श्रीमान बैदेशिक रोजगारीमा रहेको बेमा महिलामाथि हुने हिंसा र सूचना प्रविधिले बालबालिमा पारिरहेको बिषयवस्तु समेटेर नाटक प्रस्तुत गरेका थिए ।


ज्ञानसिन्धु माविका कार्यक्रम संयोजक तिलक अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन शिक्षक घनश्याम आचार्यले गर्नुभएको थियो ।

Facebook Comments