• २ आश्विन २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समृद्ध समाजको अध्यक्षमा पुनः शेर्पाली




समृद्ध समाज नेपाल रुकुमले दोस्रो साधारण सभा सम्पन्न गरेको छ । मंगलबार सिस्ने गाउँपनलिका–६ छिप्रिदहमा एक कार्यक्रम आयोजना गरेर दोस्रो साधारण सभा गरेको हो ।


२०७१ सालमा दर्ता गरी अहिले सम्ममा साविक रुकुम जिल्लामै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा अहिले सम्ममा २५ वटा कार्यक्रम सञ्चालनमा रहेका छन् । जसमा खेलकूद, पर्यटन, शिक्षा त्यसैगरी आयआर्जन कार्यक्रम, कृषि, युवा क्षमता विकास अभिवृद्धि तालिम लगायत अन्य कार्यक्रम मार्फत नागरिकमा आत्मनिर्भर गराउने पक्षमा रूपान्तरण गर्ने काम गर्दै आएको समृद्ध समाज नेपाल रुकुमका अध्यक्ष सुबोधराज शिर्पालीले बताउनुभयो ।

‘६ वर्षको अन्तरालमा सर्वाधिक पुरस्कार राशीका विभिन्न खेलकूद प्रतियोगिता आयोजना गरेर राष्ट्रीयस्तरका खेलाडी उत्पादन समेत गरेका छौँ’ अध्यक्ष शिर्पालीले भन्नुभयो–‘अन्तर्राष्ट्रीय स्तरका खेलकूद फुटबल, क्रिकेट, फिडे रेटिङ चेस, ब्याड्मिन्टन लगायत खेलकूद रुकुममा भित्र्याइ उक्त खेलकूदको विकास गर्नुका साथै खेलाडी उत्पादन गरिरहेका छाँै ।’


यस भन्दा पहिला उक्त खेलकूदको नाम समेत यस जिल्लामा थाहा नपाएका जनाउनु हुँदै उहाँले भन्नुभयो अहिले खेलाडी उत्पादन भइरहदा र खेल प्रति चासो हुँदै आएकोमा उक्त खेलकूदहरूमा संस्थाले महत्वपूर्ण योगदान पु¥याउदै आएको र अझै विकास गर्नुको निम्ति जिल्लाका सरोकारवालाको अहम साथ र सहयोग हुनु पर्नेमा शिर्पालीले जोडडिनुभयो ।


अहिले सम्मको संस्थाले गर्दै आएको काम समेटिएको प्रतिवेदन महासचिव केशवकुमार बिसीले प्रस्तुत गर्नुभएको थियो । ७० हजार भौतिक सम्पत्ति रहेकोमा सुरुवाती वर्ष देखि अहिले सम्ममा ५० लाख रुपैयाँ भन्दा माथिको विभिन्न उपलब्धमूलक कार्यक्रम सम्पन्न गरी रुकुमकोटमा २२ सय मिटरको जग्गा समेत क्रिकेट मैदानको लागि संस्थाले किनेकोमा अब गाउँपालिकोको नाममा उक्त मैदान पास गर्ने बाँकी रहेको बताइएको छ ।


समाजलाई खेल, कृषि, शिक्षा, पर्यटन क्षेत्र लगायत युवा क्षमता विकास अभिवृद्धि कार्यक्रम मार्फत संस्थाले समृद्ध तर्फ भुमिका निर्भाह गर्नेमा सरकारलाई सहयोग गरिरहेको सिस्ने गाउँपालिका उपाध्यक्ष गोवर्धन बुढा मगरले भनाइ राख्नुभयो । युवा वर्गबाट नै पौरखी कार्यमा अग्रसर भइ समाज प्रति उत्तरदायि रहेर काम गर्नमा संस्थालाई उपाध्यक्ष बुढाले सुझाव दिनुभएको छ ।


केही नयाँ कार्य समिति चयन
अध्यक्षमा पुनः सुबोधराज शिर्पाली नै हुनुभएको छ । उपाध्यक्ष राजु लामिछाने, महासचिव केशवकुमार बिसी, सचिव जीवन केसी, कोषाध्यक्ष सुगधा मल्ल सहित १५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

सचिव र कोषाध्यक्षमा नयाँ चयन गरिएको छ भने अधिकाशं सदस्य नयाँ चयन गरिएको संस्थाले जनाएको छ । भने २५ सदस्यीय उपकार्यसमिति र सात जनाको सल्लाकार समिति गठन गरिएको छ ।

यही २४ गते वार्षिक उपलक्ष्यको अवसरमा रुकुमकोटमा ब्याड्मिमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।

Facebook Comments