• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संविधानसभा सदस्य शर्माद्वारा बाबुुआमाको सम्मानमा अक्षयकोष स्थापना




संविधानसभा सदस्य नारायण शर्मा पौडेलले बाबुुआमाको सम्झनामा अक्षयकोष स्थानिा गर्नुुभएको छ । बाबुु जग्गुुप्रसाद पौडेल र आमा कलावती पौडेलको पहिलो पुत्रका रुपमा २०१४ पुुस ४ गते घोराही उमहानगरपालिका वडा नं. २ साइपुुरमा मा जन्मनुु भएका पौडेलले स्वर्गिय बाबुुआमाको सम्झना र सम्मान स्वरुप अक्षयकोष स्थापना गर्नुुभएको हो ।


माध्यामिक तह औपचारिक शिक्षा आर्जन गरेको गंगा माध्यामिक विद्यालय रामपुुरमा आफूले अध्ययन र बाबुुआमाले उक्त विद्यालयको विकासमा सक्दो सहयोग पुु¥याउदै आइरहेकाले बाबुुआमाको स्मृति र सम्झना र विपन्न जेहेन्दार विद्यार्थीहरुको शैक्षिक सहयोगार्थ स्वरुप अक्षयकोष स्थापना गरिएको हो ।


हाल तुलसीपुुर उपमहानगरपालिका वडा नंं. १७ बघौसीमा बसोबास गर्दै आइरहेका पौडेले आफ्नो ६२ औं जन्मदिनको अवसरमा उक्त प्रंशनिय कार्य गर्नुुभएको हो ।


गंगा माध्यामिक विद्यालय रामपुुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतप्रसाद चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीको प्रमुुख आतिथ्यता एवं अक्षयकोषदाता संविधानसभा सदस्य नारायण शर्मा पौडेलको विशिष्ट आतिथ्यतामा ‘जग्गुु कलावति’ स्मृति अक्षयकोष स्थानिा गरिएको हो ।


उक्त अक्षयकोष उक्त विद्यालयमा अध्ययनरत छात्रछात्राहरु मध्ये कक्षाको एस.ई.ई. परिक्षामा सर्बाेउत्कृष्ट अंक प्राप्त उत्तिर्ण भइ कक्षा ११ सोही बिद्यालयमा भर्ना हुुने १ जना छात्र र १ जना छात्रालाई स्मृति छात्रबृति प्रदान गरिने छ । पौडेलले एकलाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुुभएकोे हो ।


अक्षयकोष स्थापना कार्यक्रममा घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी, प्रेस स्वतन्त्र सेनानी शुशिल गौतम, स्थानीय समाजसेवी वामदेव पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष विर बहादुुर बिक, प्रावि सुर्केडाँगी प्रअका केशव पोख्रेल लगायतकाले बोल्नुुभएको थियो ।

विद्यालयका प्रअ शशिधर उपाध्यायले अक्षयकोषदाता नारायण शर्मा पौडेल र उहाँकी धर्मपत्नी शान्ता शर्मा पौडेललाई धन्यावाद ज्ञापन गर्नुुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक श्रीमन न्यौपानेले गर्नुुभएको थियो ।

Facebook Comments