• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हिमाली अनुसन्धान केन्द्रमा तरकारी फल्यो लटरम्मः मूल्य भने आलु प्रतिकिलो १८ र गोभी २५ रुपैयाँ




भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगर लगायतले सोमबार स्थलगत अनुगमन गर्नुभएको छ ।

मारिङ एकीकृत कृषि अनुसन्धान केन्द्रको स्थलगत कार्य प्रगति अनुगमन गर्नुभएको हो । मारिङमा कृषि प्राविधिक २ जना र सहयोगी एक जना गरी तीन जना जनशक्ति खटाई पालिकाले अनुसन्धानको काम शुरु गरेको छ ।

पालिकाले अनुसन्धान योजनालाई पूर्णता दिनको लागि मारिङ एकीकृत कृषि अनुसन्धान केन्द्र व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम व्यवस्थापन कार्य संचालन समिति गठन समेत गरेको छ ।

मारिङलाई आयस्रोत र अनुसन्धानबाट आएको प्रतिफल अनुसार गाउँपालिकाका कृषकलाई तालिम र सस्तो मूल्यमा बीउबीजन उपलब्ध गराउने उद्देश्य राखेको अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । ‘बजारमा अर्गानिक तरकारी उपलब्ध गराउनुका साथै नयाँ‐नयाँ कृषि प्रविधि भित्र्याइ उत्पादनकत्व वृद्धि गराउने हो’ अध्यक्ष बुढाले भन्नुभयो, ‘त्यसै अनुसारमै अनुसन्धानको कार्य भइराखेको छ ।’


व्यवस्थापन क्रर्मिक रुपमा हुँदै छ । कार्य संचालनमा विस्तारै पूर्णता पाइराखेको छ । आय आर्जनको लागि तरकारी खेती, विभिन्न जडिबुती, स्याउ, आरु, नासपती लगाई काम अगाडि बढीराखेको जानकारी गराउनु हुँदै, कृषकका लागि आवश्यक प्रविधिको प्रयोगबाट नयाँ–नयाँ उन्नत बीउ उत्पादन साथै अनुसन्धान काम भइराखेको बुढाले बताउनुभयो ।

एकीकृत कृषि अनुसन्धान नाम राख्नुको कारण यहाँ कृषिको मात्र काम गर्ने नभएर वनको समेत अनुसन्धान गरिने छ तर वन सम्बन्धी कर्मचारी नबएको हुनाले वनको अनुसन्धान गर्नमा अहिले सकिएको छैन् अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

जोत्नको लागि हाते ट्याक्टर, विरुवा रोपनको लागि खाडन खन्ने आधुनिक औजार प्रयोगमा ल्याइएको छ । एक जोर गुरु पनि पालिएको छ । आधुुनिक प्रविधि र परम्परागत प्रविधिबाट लगाइएको खेतीको तुलनात्मक अध्ययन भइराखेको कृषि प्राविधिक रचना सोनीले बताउनुभयो ।

उहाँका अनुसार, पाँच क्विन्टल आलु लगाइएकोमा १५ क्विन्टल भन्दा माथि फलेको छ । त्यसैगरी बन्दागोभी लटरम्मै भएको छ, सिमी, भतमास, मकै र खुर्सानी लगायतका तरकारी हुर्किराखेका छन् भने स्क्वास उत्पादन भएर पनि बिक्री भइसकेको छ । आलु र बन्दागोभी बिक्री हुन नसकेको बताइएको छ । गाउँका भन्दा कम मूल्यमा बिक्री भइराखेको छ । आलु प्रति किलोग्राम १८ रुपैयाँ, बन्दागोभी २५ रुपैयाँमा बिक्री भइराखेको छ । तरकारीको बीउ उत्पादन हुँदै छ ।

उत्पादन गर्नमा हौसला प्रदान होस् भनि गाउँपालिकाले भएको आम्दानीको कार्य सञ्चालक समिति र कार्यरत कर्मचारीलाई ५० प्रतिशत बाँकी ५० प्रतिशत गाउँपालिकाले पाउने निर्णय भएको पालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा १८ लाख रकम बजेट विनियोजन गरेर काम सुरु गरेकोमा आव ०७५÷०७६ मा २५ लाख रकम गरी दुई आर्थिक वर्षको विनियोजन बजेटले आधारभूत व्यवस्थापन पूरा गरिसकेको छ । चालू आर्थिक वर्षमा अनुसन्धान कार्यको लागि ४५ लाख विनियोजन गरेको छ भने २५ लाख बजेट विनियोजनले पाहुना घरवास निर्माण गरिने जनाइएको छ ।

स्याउ लगायत अरु बोटविरुवा गरी करिव ८ सय विरुवा लगाइएको छ ।

भदौमा तोरी, फापर लगायतको हिउँदयामका लागि पनि तयारी गरिराखेका छन् । मारिङ भूमे २ र ७ वडामा पर्दछ अहिले सडक समेत पुगेको छ ।

Facebook Comments